बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टेकुमा रहेको पेट्रोलपम्पमा ग्यास विस्फोट हुँदा दुईजना घाइते

टेकुमा रहेको पेट्रोलपम्पमा ग्यास विस्फोट हुँदा दुईजना घाइते

घाइते हुनेमा पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिकाका किशोरी शाह र सोही ठाउँ घर भई काठमाडौँको कालीमाटी बस्‍ने १८ वर्षीय दीपककुमार शाह घाइते भएका काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं- काठमाडौँको टेकुस्थित कनक पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुईजना घाइते भएका छन्।

National life

घाइते हुनेमा पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिकाका किशोरी शाह र सोही ठाउँ घर भई काठमाडौँको कालीमाटी बस्‍ने १८ वर्षीय दीपककुमार शाह घाइते भएका काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

उनका अनुसार आज साँझ ५ बजेको समयमा इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास विस्फोट हुँदा उक्त घटना भएको हो।

मैनालीले किशोरीको बायाँ खुट्टा जली ‘फ्याक्चर’ भएको तथा दाहिने खुट्टा, अनुहार, दुवै हात र छाती जलेको छ भने दीपकको बायाँ गालामा पोलेको जनाइएको छ। दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।  


प्रकाशित: Jun 05, 2022| 20:21 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।