शनिबार, मंसिर ६, २०८२

माउन्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता

तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ। च्याम्पियनसिप असोज ५ देखि ९ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं- तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ। च्याम्पियनसिप असोज ५ देखि ९ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने छ।

National life

जी–२ र्‍याङकिङ प्रतियोगितामा जुनियरतर्फ महिला र पुरुष गरी २० एवं सिनियरमा महिला पुरुष दुवै गरी १६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा विभिन्‍न देशका एक हजार पाँच सय खेलाडीको सहभागिता रहने छ। च्याम्पियनसिपका लागि एक सयभन्दा बढी विदेशी निर्णायकसमेत नेपाल आउने छन्। च्याम्पियनसिप सञ्चालनका लागि दुई करोड बजेट लाग्‍ने अनुमान गरिएको छ।

वर्ल्ड तेक्वान्दो फेडरेसनको वार्षिक क्यालेन्डरमा समावेश च्याम्पियनसिप सन् २०१९ मा आयोजना गर्नुपर्ने थियो। कोरोना महामारीका कारण त्यतिबेला सम्भव नभएपछि यस वर्ष आयोजना गर्न लागिएको हो।

प्रकाशित: Jun 05, 2022| 18:02 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।