कञ्चनपुर-अविरल वर्षापछि आएको बाढीले बगाएर कन्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर सातकी ४७ वर्षकी गौमती भट्टको मृत्यु भएको छ ।
भैसी चराउन गएकी उनलाई स्थानीय स्याली खोलाले बगाउँदा मृत्यु भएको हो । खोला पारी चर्न गएको भैसी फर्काउन जानेक्रममा आइतबार दिउँसो साढे दूई बजे गौमतीलाई स्याली खोलाले बगाएको थियो ।
झण्डै पाँच किलोमिटर तल गर्जमुनी भन्ने स्थानमा सवा तीन बजे भेटिएकी उनी मृत अवस्थामा थिइन् । कञ्चनपुर प्रहरीको टोलीले घटना सुने लगत्तै उद्दारमा खटेपनि गौमतीलाई बचाउन सकेन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४