आइतबार, मंसिर २८, २०८२

किशोर मृत्यु प्रकरणबारे अनुसन्धान गर्न सीआईबी टोली अछाममा

अछामको पञ्चदेव विनायक नगरपालिका–४ का १७ वर्षीय किशोर विनोद शाहीको मृत्युका सम्बन्धमा छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालन भएको छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं– अछामको पञ्चदेव विनायक नगरपालिका–४ का १७ वर्षीय किशोर विनोद शाहीको मृत्युका सम्बन्धमा छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालन भएको छ।

National life

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सीआईबीका डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको ६ सदस्यीय टोलीले आइतबार घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।

घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित सीआईबीको टोली खटिएको हो। जेठ १७ गतेदेखि बेपत्ता भएका शाही शनिबार बिहान तल्लो कुच्ची भन्ने ठाउँमा मृत भेटिएका थिए। नेकपा एमालेका समर्थक शाहीको हत्या भएको भन्दै आन्दोलनमा उत्रिएका एमाले कार्यकर्ताको अवरोधका कारण शनिबार दिनभर सो क्षेत्र तनावग्रस्त बनेको थियो। 

प्रहरी भने शनिबार बेलुकामात्रै घटनास्थलमा पुगेको थियो। स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो। विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करिब तीन घण्टा मतदान पनि रोकिएको थियो। 

सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो। कांग्रेस कार्यकर्ताको जाहेरीपछि १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा भएको झडपमा शाही बेपत्ता भएको परिवारको आरोप छ। 

Laxmi sunrise bank
kumari

बेपत्ता किशोर मृत भेटिएपछि आक्रोशित स्थानीयले शनिबार तोडफोड पनि गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको थियो। आज भने स्थिति सामान्य रहेको प्रहरीले बताएको छ।

प्रकाशित: Jun 05, 2022| 15:57 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।