सोमबार, असार ८, २०८३

मन्त्री हेरफेरबारे नेकपा एसमा छलफल

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्री हेरफेरका विषयमा छलफल भएको छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९
National life
Shivam cement

काठमाडौं- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्री हेरफेरका विषयमा छलफल भएको छ। आइतबार बसेको सचिवालय बैठकमा सरकारमा सहभागी मन्त्रीहरू हेरफेर गर्ने विषयमा छलफल भएको हो। 

नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारका अनुसार ६ महिनामा लागि मन्त्रीहरू पठाएको र त्यो अवधि पूरा भएकाले मन्त्री हेरफेरबारे छलफल भएको हो। 

‘हामीले ६ महिनाका लागि भनेर मन्त्री पठाएका थियौं। ६ महिनाभन्दा बढी भइसक्‍यो। त्‍यसकारण उहाँहरुका बारेमा पनि समीक्षा गर्‍यौँ। शीर्ष नेताहरुको बीचमा समझदारी भएर उहाँहरु (खासगरी अध्‍यक्ष)ले उपर्युक्त ठानेमा निर्णय गर्नुहुन्छ,’ उनले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘पार्टीले आवश्‍यकता ठानुन्जेल उहाँहरु मन्त्रीको रुपमा रहनुहुन्छ। पार्टीले अर्को आवश्‍यकता ठान्‍यो र फिर्ता बोलायो भने उहाँहरु यसलाई स्वभाभिक रुपमा लिनुपर्छ। र नयाँ जानेवालाहरु पनि यसलाई स्वभाभिक रुपमा लिनुहुन्छ।'

प्रकाशित: Jun 05, 2022| 15:03 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...