बिहीबार, असार ४, २०८३

'अभियुक्त खुशी पार्ने' अमेरिकी अदालतको फैसला!

अधिवक्ता एन्ड्रु मिल्टेनबर्गका अनुसार फैसला आएको केही घण्टा नबित्दै उनलाई दर्जनौँ हिंसाका अभियुक्तबाट ईमेल आउन थाले। विषय उही 'मलाई पनि त्यस्तै (डेपको जस्तै) विजय चाहियो ताकि म मेरो जीवन पुनः ट्र्याकमा ल्याउन सकू...।'
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

'मीटू' आन्दोलनले यौन दुर्व्यवहारका घटना सार्वजनिक गर्न पीडितलाई उत्प्रेरणा दियो। यौन दुर्व्यवहारका नयाँपुराना थुप्रै घटना सार्वजनिक गर्न बल दिएको यो आन्दोलनपछि मानहानीका मुद्दा पनि सतहमा आए। अभियुक्तका लागि छुटकारा खोज्ने उत्तम साधन थियो- मानहानी मुद्दा। 

National life

डर, त्रास र वकिल-अदालतको चक्कर काट्दा व्यहोर्नुपर्ने महँगो शुल्कका कारण कयौँ पीडित आफ्ना पीडा आफैँभित्र सीमित राख्न अझै पनि बाध्य छन्। अधिकांश ‘केस’हरुमा पीडकले पीडितलाई धम्क्याउने गरेको समेत पाइएको छ। मीटू आन्दोलनपछि सार्वजनिक भएको अमेरिकी कलाकारको एउटा मुद्दामा अमेरिकी अदालतले पीडित महिलाको मागदाबीलाई सत्य ठहर गरेन। बरु पीडित पुरुष भएको र उनलाई घटना सार्वजनिक गर्ने महिलाबाट क्षतिपूर्ति भराउन फैसला दिएको छ।

संयुक्त राज्य अमेरिकाको भर्जिनिया अदालतले जोनी डेप र उनकी पूर्वपत्नी एम्बर हर्डबीचको मुद्दामा डेपलाई १ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको छ। 

पछिल्लो फैसलाले कानुन र संवेदनशीलताका विषयमा 'असंवेदनशील' फ्यान हर्षित छन्। तर कानुनकर्मी, विश्लेषक र हर्डलगायतका पीडितहरूलाई भने जुरीको फैसलामा मनमा चिसो पसाएको छ। 

सार्वजनिक रुपमा सामाजिक सञ्जालमार्फत प्रसारित डेप-हर्डको मुद्दाको जुन १ मा मात्र भर्जिनियाको अदालतबाट फैसला आएको भए तापनि खास बहस चलेको अदालत भने अन्तै थियो। सामाजिक सञ्जालले डेपको पक्षमा फैसला पहिले नै सुनाइसकेको थियो। सामाजिक सञ्जालमा हरेक सुनुवाईमा हर्डका कपडा, कपालदेखि गहभरिका आँसुको समेत ‘मीम’ बनाइयो भने डेपको अभद्र अभिव्यक्तिसमेतलाई ‘वाह-वाह’ गरियो।

पछिल्लो फैसलाले कानुन र संवेदनशीलताका विषयमा 'असंवेदनशील' फ्यान हर्षित छन्। तर कानुनकर्मी, विश्लेषक र हर्डलगायतका पीडितहरूलाई भने जुरीको फैसलामा मनमा चिसो पसाएको छ। 

Shivam cement

सन् २०१८ मा वासिङ्टन पोस्टमा प्रकाशित हर्डको लेखले उनका पूर्वपति जोनी डेपको मानहानी भएको भन्दै १५ करोड अमेरिकी डलर बराबरको क्षतिपूर्ति सुनाएको जुरीले हर्डका लागि पनि २० लाख अमेरिकी डलरको सानो क्षतिपुर्ति छुट्याइदिएको छ। तर यो क्षतिपूर्ति कुनै क्षतिपूर्ति नभई पीडितलाई घाउमा नुन छर्किँदै गिज्याएभन्दा कम नभएको भनेर टिप्पणी सुरु भएको छ। 

के साँच्चै डेपको पक्षमा फैसला सुनाउनु भनेको ‘पीडित’ले उचित न्याय पाउनु थियो? हर्डले दाबी गरेका सबै कुरा झुटा थिए त? हर्ड कहिल्यै डेपबाट हिंसाको शिकार भएकी थिइनन्? डेपको सामाजिक सञ्जालको फ्यानबेसले आरोप लगाउँदै अपमानित हर्ड झुटकी पुलिन्दा हुन्?

000

मुद्दामा जोनी डेपले आफ्नी पूर्वश्रीमतीका कारण आफू बदनाम भएको दाबी गरेका थिए। ‘एम्बर हर्डः मैले यौन हिंसाका विरुद्ध बोलेँ- र हाम्रो संस्कृतिको क्रोधको सामना गरेँ। यो बदलिनुपर्छ’ शीर्षकमा वासिङ्टन पोष्टमा सन् २०१८ को डिसेम्बर १८ मा प्रकाशित हर्डको लेखका तीनवटा बुँदाले आफ्नो मानहानी भएको अनि आफूले विभिन्न चलचित्रमा भूमिका गुमाएको आरोप डेपको थियो। 

तीनवटा बुँदामध्ये पहिलो त सामग्रीको शीर्षक नै थियो।

दोस्रो बुँदा चाहिँ थियो- 'अनि दुई वर्ष अघि, म घरेलु हिंसा जनाउने सार्वजनिक व्यक्तित्व बनेँ। तर यिनकाविरुद्ध आवाज उठाउने महिलाले हाम्रो संस्कृतिको नराम्रो धक्का खेप्नुपर्यो।'

तेस्रो चाहिँ- 'मसँग कसरी संस्थाहरुले दुर्व्यवहारका आरोप लागेका आफ्ना पुरुष कर्मचारीको संरक्षण गर्छन् भनी वास्तविक समयमा हेर्ने दुर्लभ बिन्दु थियो।'

सामान्यतया, सञ्चारमाध्यममा प्रकाशित लेखहरूको शीर्षक लेखकले नै राखेको अन्तिम हुन्छ भन्ने हुँदैन। अन्तर्वार्तामा त अन्तर्वार्ता लिइएको व्यक्तिको शीर्षक राख्ने विषयमा कुनै भूमिका नै हुँदैन। सम्पादकीय टिमलाई ठीक लागे अनुसारको शीर्षक छनौट गरिन्छ। सनुवाइ भइरहेको अदालतका जुरीले यस तथ्यलाई पूर्ण रुपमा बेवास्ता गर्दै यस बुँदालाई अपमानजनक ठहर गरेको छ। 

शीर्षक हर्ड आफैले राखेको भए पनि त्यसमा आफूले अपराधकाविरुद्ध आवाज उठाएको मात्र भनिएको छ, न कि आफू डेपद्वारा हिंसाको शिकार भएको। कहीँ कतै हिंसा भइरहेको छ भने त्यसको विरुद्ध बोल्न अथवा पीडितका पक्षमा आवाज उठाउन आफू पनि हिंसाको ‘सर्भाइभर’ हुन जरुरी हुँदैन।

दोस्रो बुँदामा भनिएको ‘हिंसा जनाउने सार्वजनिक व्यक्तित्व’ ले आफू डेपबाट पीडित भन्ने अर्थ कुनै पनि चेत प्राणीलाई दिँदैन। 

तेस्रो बुँदा अलि विवादास्पद हुनसक्छ - के ‘वास्तविक समयमा’ भनेर हर्डले डेपलाई नै औँल्याएको हो त भन्ने गहिरो प्रश्न सिर्जना गर्छ यस बुँदाले।

तीनवटै बुँदा जुरीका अनुसार डेपका लागि अपमानजनक छन्।

जोनीका लागि विजयपथ सरल थिएन। डेपले मुद्दा जित्नलाई मुद्दाका आधार मानिएका तीन बुँदालाई प्रमाणका साथ झुटा साबित गर्नुपर्ने थियो। अनि तिनवटै बुँदामार्फत् हर्डले आफ्नो बदनामी गर्न खोजेको भनी सावित गर्नु सबैभन्दा जरुरी थियो। तर यस्तो भएन। किनभने जुरीले हर्डले पेसेका सबै सबुतलाई ‘अविश्वनीय’ ठम्याइदिए। यसका अतिरिक्त, जुरीले अन्तिम फैसलामा हर्ड कुनै पनि प्रकारको हिंसाको पीडित नभएको समेत घोषणा गरिदिए।

प्रकाशित: Jun 05, 2022| 12:03 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।