मंगलबार, फागुन १९, २०८२

फ्रेन्च ओपनको उपाधि इगा सियन्टेकलाई

कोको गौफलाई हराउँदै पोलिस टेनिस खेलाडी इगा सियन्टेकले फ्रेन्च ओपनको उपाधि जितेकी छन्।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं- कोको गौफलाई हराउँदै पोलिस टेनिस खेलाडी इगा सियन्टेकले फ्रेन्च ओपनको उपाधि जितेकी छन्। उनले शनिबार साँझ पेरिसमा सम्पन्न खेलमा अमेरिकी टेनिस खेलाडीलाई हराउँदै उपाधि जितेकी हुन्।

उनले आफ्नो उपाधि युद्धका कारण क्षति ग्रस्त युक्रेनलाई समपण गरेकी छन्। उनले त्यहाँका जनतालाई बलियो रहनका लागि आग्रह पनि गरेका छिन्।

विश्व नम्बर वान सियन्टेकले युक्रेनको राष्ट्रिय झण्डा अंकित रिबन लगाएर युक्रेनको समर्थन गरेकी थिइन। ‘म युक्रेनलाई केहि भन्न चहान्छु, दृढ रहनका लागि आग्रह गर्दछु किनभने त्यहाँ युद्ध भइरहेको छ,’ कोर्ट उपस्थित भएका १५ हजार मानिसअघि उनले भनिन्।

‘यो युद्ध सुरु भएदेखि नै अर्को प्रतियोगिता कहिले हुन्छ भनेर म कुरेर बसेकी थिएँ। अब अर्को प्रतियोगिता हुँदा सायद यो युद्ध सामाप्त भइसकेको हुनेछ,’ उनले आफ्नो आशा व्यक्त गरेकी छन्।

यता फाइनलमा २-० को सोझो सेटमा हार बेहोरेकी गौरले पनि आफ्नो स्पिचमा युक्रेन रसिया युद्धको कुरा उल्लेख गरेकी छन्। उनले खेलमा ६-१ र ६-३ को हार बेहोरिन्।

kumari

प्रकाशित: Jun 05, 2022| 11:28 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।