बिहीबार, असार ४, २०८३

तनहुँमा स्कुटर र टिपर ठोक्किँदा एक युवकको मृत्यु

तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा शनिबार साँझ स्कुटर र टिपर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९
National life
Shivam cement

काठमाडौं- तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा शनिबार साँझ स्कुटर र टिपर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक तनँहुको बन्दिपुर गाउँपालिका-१ का अन्दाजी २१ वर्षीय ईश्वर क्षेत्री रहेका छन्। 

टिपरको ठक्करबाट गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा जिल्ला अस्पताल दमौलीमा साँझ सवा ६ बजे मृत्यु भएको हो। 

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको क्षेत्री सवार ग१५प १४८४ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ग१क ५५३३ नम्बरको टिपर हिजो साँझ ६ बजे आपसमा ठोक्किएका थिए। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Jun 05, 2022| 11:20 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।