बिहीबार, असार ४, २०८३

काभ्रेमा सवारी दुर्घटना, एक युवकको मृत्यु

काभ्रेको पनौती नगरपालिका-५, आईटी पार्कनजिकै भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९
National life
Shivam cement

काठमाडौं- काभ्रेको पनौती नगरपालिका-५, आईटी पार्कनजिकै भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। सिन्धुलाल्चोकको बलेफी नगरपालिका-६ का अन्दाजी २८ वर्षीय फुलकाजी तामाङको मृत्यु भएको हो।

गए राति करिब साढे ९ बजे पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा७३प ७५०२ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो। 

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। दुर्घटनालगत्तै सवारीसाधनसहित फरार भएका चालकको खोजी भइरहेको छ।

प्रकाशित: Jun 05, 2022| 10:22 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।