सोमबार, वैशाख २४, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • नेसन्स लिगः हंगेरीसँग इंग्ल्यान्ड पराजित, बराबरीमा रोकिए इटाली र जर्मनी

नेसन्स लिगः हंगेरीसँग इंग्ल्यान्ड पराजित, बराबरीमा रोकिए इटाली र जर्मनी

युरोपमा जारी यूइएफए नेसन्स लिगको शनिबार राति सम्पन्न खेलमा इंग्ल्यान्डसँग हंगेरीले १–० को हार बेहोरेको छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं- युरोपमा जारी यूइएफए नेसन्स लिगको शनिबार राति सम्पन्न खेलमा इंग्ल्यान्डसँग हंगेरीले १–० को हार बेहोरेको छ।

triton college

हंगेरीको पुस्कस एरिना पार्कमा शनिबार राति सम्पन्न भएको खेलमा घरेलु टिमले पाहुना टोली इंग्ल्यान्डलाई हराएको हो।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो। तर, ६६औं मिनेटमा हंगेरीले पेनाल्टी प्रहारको अवसर पाएको थियो।

पेनाल्टीमा डोनिमिक सोबोस्लाईले खेलको ६६औं मिनेटमा गोल गरेका थिए। खेल अवधिभर ५८ प्रतिशत समय बल आफ्नै नियन्त्रणमा राखे पनि इंग्ल्यान्डको अग्रपंतिमा रहेका मेसन माउन्ट, ह्यारी केन र बोवनले गोल गर्न सकेनन्।

यद्यपि इंग्ल्यान्डले हंगेररीको पोस्टतर्फ १२ प्रहार भने गरेको थियो। यो जितसँगै समूह तीनको लिग 'ए'मा हंगेरी शीर्षस्थानमा छ भने हारसँगै इंग्ल्यान्ड पुछारमा छ।

corrent noodles
Metro Mart

यो समूहमा समान १–१ अंक बनाएका जर्मनी र इटाली दोस्रो र तेस्रो स्थानमा छन्। शनिबार रातिको खेलमा जर्मनी र इटालीले १–१ को बराबरी खेलेका थिए। जर्मनीका तर्फबाट जोसुवा किमिचले गोल गरे भने इटालीका लोरेन्जे पेलेग्रिनीले गोल गरेका थिए।

लोरेन्जेले ७०औं मिनेटमा गोल गर्दै अग्रता बनाए पनि त्यसको तीन मिनेटमै किमिचले बराबरी गोल फर्काएका थिए।

शनिबार राति नै सम्पन्न भएका बाँकी खेलमा टर्कीले फिरो आइल्यान्डमाथि ४-० को सानदार जित निकालेको छ भने रोमानियाँले मोन्टेनेग्रोसँग २-० को हार बेहोरेका छ।

यता फिनल्यान्ड र बोसनिया हर्जगोभिनाले बराबरी गर्दा अर्मेनियाले आयरल्यान्डलाई १-० ले  हराएको छ।

त्यस्तै, लिथुनियाले लक्जम्बर्गविरुद्ध जित निकाल्न सकेन। अन्ततः लक्जम्बर्गले २-० को जित दर्ता गर्‍यो।

प्रकाशित: Jun 05, 2022| 08:44 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।