बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अछाम जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका कुँवर निर्वाचित

अछाम जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका कुँवर निर्वाचित

जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतदानमा कुँवर १२ मत प्राप्त गर्दै प्रमुखमा निर्वाचित भएका हुन्।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

धनगढी- जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतदानमा कुँवर १२ मत प्राप्त गर्दै प्रमुखमा निर्वाचित भएका हुन्।

National life

त्यस्तै, नेकपा एमालेका उम्मेदवार दुर्गाप्रसाद भण्डारीले ६ मत पाए। कुँवर साँफेबगर नगरपालिका-८ बाट ३८५ मत प्राप्त गरी नगरसभा सदस्यमा निर्वाचित भएका थिए। उपप्रमुखमा पनि कांग्रेसकै दानमती बम शाही निर्वाचित भएकी छन्। उनले पनि १२ मत प्राप्त गरेकी छन्।

एमाले उम्मेदवार पुतलीदेवी रावललाई पछि पार्दै उपप्रमुखमा निर्वाचित भएकी दानमती पञ्चदेवल विनायक नगरपालिका-४ बाट ५८० मतसहित नगरसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

जिल्ला समन्वय समितिका लागि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो। समन्वय समिति सदस्यहरुमा कांग्रेसका तर्फबाट नरेन्द्र कुँवर, लक्ष्मी सुवर्णकार, द्वारिका उपाध्याय, पूर्ण रावल र चक्राकुमारी रावल निर्वाचित भएका छन् भने माओवादीबाट प्रनाथ विक र समाजवादीबाट सीता भण्डारी निर्वाचित भएकी छन्।

१० स्थानीय तह रहेको अछाममा कांग्रेसले प्रमुख र उपप्रमुख गरेर ११, एमालेले ६, माओवादीले दुई र समाजवादीले एक पद जितेको छ। संविधान अनुसार जिल्ला सभामा जिल्लाभित्रका पालिकाका प्रमुख उपप्रमुखहरु रहने व्यवस्था छ। जिल्ला सभाले निर्वाचनमार्फत गाउँ/नगर सभाका सदस्यहरुमध्येबाट जिल्ला समन्वय समिति छान्ने व्यवस्था छ।

Shivam cement

प्रकाशित: Jun 05, 2022| 08:35 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।