काठमाडौं- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई जिल्ला अदालत काठमाडौले थप अनुसन्धानको लागी तीन दिनको म्याद थप गर्ने आदेश दिएको छ । महानगरीय प्रहरी परिसरले बिश्बकर्मामाथि थप अनुसन्धानको लागी १५ दिनको म्याद मागेकोमा अदालतले तीन दिनको म्याद थप गर्ने आदेश दिएको हो ।
२२ साउन साँझ हेटौंडाबाट काठमाडौं आउँदै गरेका प्रकाण्ड, उनका स्वकीय सचिव कालीकोटको कालिका-६ का हरिशचन्द्र आचार्य र चालक कपिलवस्तुको बाँणगंगा–४ का मानबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले दक्षिणकाली-१ चाल्नाखेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई प्रहरी हिरासतमा राखिएको छ।
स्रोतका अनुसार गृहमन्त्री थापाले दुई वर्ष जेल सजायँ र अवैध रूपमा संकलित चन्दा जफत हुने गरी मुद्दा अगाडि बढाउन निर्देशन दिएका छन्। विश्लेषकहरूले सम्भावित सुरक्षा जोखिम कम गर्ने गृहमन्त्रीको रणनीतिका रूपमा यसलाई लिएका छन्।
गैरकानूनी रूपमा चन्दा संकलनको अभियोगमा जिल्ला अदालत, काठमाडौंले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ। यथेष्ट प्रमाण नजुटे अदालतबाट छुट्न सक्ने भएकाले गृह मन्त्रालयले उनीविरुद्धको अनुसन्धान बलियो बनाउन प्रहरीलाई निर्देशन दिएको स्रोतको दाबी छ।
त्यसका बावजुद प्रहरीले लगाएको अभियोग प्रमाणित भए प्रकाण्डलाई दुई वर्ष जेल सजाय हुन सक्ने देखिएको छ। उनीविरुद्ध अवैध रूपमा चन्दा संकलन गरेको अभियोगमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
विश्बकर्माको पक्राउ बिरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण अन्र्तरगत मुद्धा परेको छ। सो रिटमा सोमबारको लागी पेसी तोकिएको छ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४