बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बंगलादेशमा कन्टेनर डिपोमा भीषण आगलागी : पाँच जनाको मृत्यु

बंगलादेशमा कन्टेनर डिपोमा भीषण आगलागी : पाँच जनाको मृत्यु

बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं- बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

National life

आगलागीमा करिव १०० जना घाइते भएका त्यहाँस्थित अधिकारीहरूले बताएका छन्। आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिकारी जलाल अहमदले बताए।

अग्नि नियन्त्रक युनिट आगो निभाउन डिपोमा पुगेको थियो। आगलागीकै क्रममा ठूलो विस्फोट हुँदा अग्नि नियन्त्रकसहित दर्जनौँ घाइते भएका अहमदले बताए।

चटगाउँका प्रमुख चिकित्सक इलियास चौधरीले आगलागीमा कम्तीमा पाँच जनाको मृत्यु भएको र करिब १०० जना घाइते भएको जानकारी दिएका छन्। घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको उनले बताए। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: Jun 05, 2022| 07:41 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।