आइतबार, साउन २४, २०८३

भारतमा निरन्तर उकालो लाग्दै कोरोना

भारतमा फेरि कोरोनाको संक्रमणदर उकालो लाग्न थालेको छ। पछिल्लो २४ घण्टामा ४ हजार २५७ नयाँ संक्रमित थपिएका छन्। यो संख्या मार्च ८ यताकै उच्च हो।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं- भारतमा फेरि कोरोनाको संक्रमणदर उकालो लाग्न थालेको छ। पछिल्लो २४ घण्टामा ४ हजार २५७ नयाँ संक्रमित थपिएका छन्। यो संख्या मार्च ८ यताकै उच्च हो। 

यो महिनामा दोस्रो पटक नयाँ संक्रमितको संख्या ४ हजार नाघेको छ। यसअघि जुन २ मा देशमा ४ हजार ४१ जनाको रिपोर्ट पोजेटिभ आएको थियो।

शनिबार १५ कोरोना संक्रमितले ज्यान गुमाएका छन्। सोही अवधिमा २ हजार ६१२ जना संक्रमण मुक्त भएका छन्। हाल २२ हजार ६९१ जनाको उपचार भइरहेको छ। 

भारतमा हालसम्म ४ करोड ३१ लाख मानिस कोरोना संक्रमित भएका छन्। जसमध्ये ४.२६ करोड निको भएका छन् भने ५.२४ लाखले ज्यान गुमाएका छन्।

केरलामा सबैभन्दा धेरै सङ्क्रमण देखिएको छ। यहाँ शनिबार १ हजार ४६५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।

प्रकाशित: Jun 05, 2022| 07:22 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।