शुक्रबार, मंसिर १९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • रोहिणी खोला बस दुर्घटना अपडेट : नौ जनाको मृत्यु, उद्धारकार्य जारी

रोहिणी खोला बस दुर्घटना अपडेट : नौ जनाको मृत्यु, उद्धारकार्य जारी

आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा सवार नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा थप ३२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।
 |  आइतबार, जेठ २२, २०७९

विनोद परियार

विनोद परियार

आइतबार, जेठ २२, २०७९

बुटवल-  भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुवाहक बस खसेको छ। आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा सवार नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा थप ३२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

National life

घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भीम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी नायव उपरीक्षक एवं रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको रुपन्देही प्रहरीले जनाएको छ।  

घाइतेहरूको भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए। प्रहरीले बसलाई निकालेको र घाइतेको उद्धार गरी अस्पताल पुर्‍याउने काम भइरहेको उनले बताए।

भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी पुलबाट यसअघि पनि पटक-पटक गाडीहरू खोलामा खस्ने गरेका छन्। बिहानको समयमा चालक निदाएकाले बस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। पुल मोडमा रहेको कारण पनि चालक झुक्किएर खोलामा खस्ने गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 05, 2022| 06:51 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।