सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका गठन

एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौवटै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएसँगै सबै स्थानीय तहमा कार्यपालिका गठन भएका हुन्।
 |  शनिबार, जेठ २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

फुङलिङ- फुङलिङका सबै स्थानीय तहमा कार्यपालिका गठन भएका छन्। एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौवटै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएसँगै सबै स्थानीय तहमा कार्यपालिका गठन भएका हुन्।  

triton college

जिल्लाका सबै स्थानीय तहमा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमार्फत पाँच पालिकामा सत्ता गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ। बाँकी चार पालिकामा एमालेले बहुमत जुटाएको छ।

एक मात्र फुङलिङ नगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सम्मिलित गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

यस्तै गठबन्धनले सिरिजङ्घा गाउँपालिका, मैवाखोला गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमा सुविधाजनक बहुमत प्राप्त गरेको छ। सत्ता गठबन्धनतर्फ केही स्थानीय तहको कार्यपालिकामा नेकपा (एकीकृत समाजवादी) बाटसमेत प्रतिनिधित्व भएको छ। एमालेले भने मेरिङ्देन गाउँपालिका, सिदिङ्वा गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको कार्यपालिकामा स्पष्ट बहुमत प्राप्त गरेको छ।

यता स्थानीय तहको कार्यपालिका सदस्य चयनको प्रक्रिया सम्पन्न भएसँगै अब जिल्ला सभा तथा समन्वय समिति चयनको प्रक्रिया सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Metro Mart
vianet

जिल्ला समन्वय समितिका पदाधिकारी चयनका लागि भने गठबन्धनसँग बहुमतको रहेको छ। नौ स्थानीय तहमध्ये छ मा गठबन्धन दल निर्वाचित भएको छ।

गबन्धनतर्फ निर्वाचित हुनेमा कांग्रेसका एक प्रमुख र तीन अध्यक्ष, दुई उपाध्यक्ष, माओवादीका दुई अध्यक्ष, तीन उपाध्यक्ष र एकीकृत समाजवादीका एक उपाध्यक्षसमेत मत संख्या १२ रहेको छ।  एमालेसँग तीन अध्यक्ष, एक उप्रमुखस र दुई उपाध्यक्षसमेत मत संख्या छ रहेको छ।   

प्रकाशित: Jun 04, 2022| 18:40 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।