सोमबार, कात्तिक १०, २०८२

धनगढीबाट एक हजारका ३८ थान नक्कली नोटसहित तीन महिला पक्राउ

कैलालीबाट एक हजारका ३८ थान नेपाली रुपैयाँसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय सुमित्रा राना, वडा नम्बर ८ बस्‍ने ३८ वर्षीय चन्द्रा बोहरा र वडा नम्बर १४ घर भई वडा नम्बर २ सन्तोषी टोलमा डेरा गरी बस्‍ने २७ वर्षीय रितु चौधरी रहेको प्रहरीले जनाएको छ।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

धनगढी- कैलालीबाट एक हजारका ३८ थान नेपाली रुपैयाँसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय सुमित्रा राना, वडा नम्बर ८ बस्‍ने ३८ वर्षीय चन्द्रा बोहरा र वडा नम्बर १४ घर भई वडा नम्बर २ सन्तोषी टोलमा डेरा गरी बस्‍ने २७ वर्षीय रितु चौधरी रहेको प्रहरीले जनाएको छ।

Kumaribank

शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित हाटबजारमा सुमित्रा रानाले नक्कली रुपैयाँ लिई किनमेल गरिरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले एक हजारका ३० थान नक्कली नेपाली रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। 

पक्राउ परेकाले रितु चौधरीसँग पनि नक्कली रुपैयाँ रहेको खुलेपछि उनको कोठामा पुगेको प्रहरीले ८ थान एक हजार रुपैयाँका नेपाली नोट समेत फेला परेको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। 

पक्राउ परेकाबाट चन्द्रा बोहरा समेत कारोबारमा संलग्न भएको खुलेपछि उनलाई समेत नियन्त्रणमा लिएको जोशीले बताए। उनले सो विषयमा थप अनुसन्धान भइरहेको बताए।


प्रकाशित: Jun 04, 2022| 17:45 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।