काठमाडौं- प्रकृती पुजारी किराँतहरुको भूमि पूजाको अवसरमा नाचगान गर्दै भव्यरुपमा मनाएका छन्।
प्रत्येक वर्ष वैशाख पूर्णिामादेखि किराँतीले भव्य रूपमा किराँती रितिअनुसार भूमिको पूजा गरी उभौली चाड अर्थात भूमि पूजा गरी साकेला शिलि नाँच्दै जेठ महिनाभरि मनाउने गरेका छन्।
उभौली पर्वको अवसरमा किरात राई यायोक्खाको आयोजनामा काठमाडौंका विभिन्न स्थानमा साकेला कार्यक्रम भइरहेको छ।
