बिहीबार, असार ३२, २०८३

प्रदेशसभालाई 'पेपरलेस' बनाउने तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-बिजनेस नपाएर सुस्त गतिमा चलि रहेको प्रदेश २ को प्रदेशसभालाई पेपरलेस बनाउने तयारी थालिएको छ । प्रदेश सांसदहरुलाई ल्यापटप वितरण गरेर प्रदेशसभालाई पेपरलेस बनाउन प्रदेशसभा सचिवालयले तयारी शुरु गरेको हो । प्रदेश २ मा जम्मा १ सय ७ सांसद छन् ।

प्रदेशसभा सचिवालयका उपसचिव रञ्जीत यादवले प्रदेश सांसदहरुलाई ल्यापटप वितरण गर्नेबारे छलफल शुरु भएको जनाएका छन् । 'यहाँका सबै माननियज्यूहरुलाई ल्यापटप वितरण गर्नेबारे छलफल शुरु भएको छ,' नेपाल समयसँग कुरा गर्दै उपसचिव यादवले भने,'योजनाको सफलता बजेटमा निर्भर छ । आवश्यक बजेट आयो भने उहाँहरुलाई ल्यापट वितरण गर्ने योजना छ ।'

'सांसदज्यूहरुलाई विधेयक, संसदको कार्य सूचिलगायतका सामग्री कागजमा प्रिन्ट गरेर वितरण गरिरहेका छौँ,' यादवले भने,'यी सामग्री वितरण गर्दा कागजको खर्चमात्रै वर्षमा तीन चार करोड पुग्छ । खर्च न्यूनिकरण गर्नपनि यस्तो सोच अगाडी सारिएको हो ।'

विधेयक, कार्यसूची लगायतका सामग्री पिजन हलमा राख्ने गरिन्छ उनले भने,'म आफै उहाँहरुको पिजन हलमा सामग्रीहरु राख्ने गरेको छु । तर, त्यहाँबाट हराउने, सांसदज्यूहरुले नपाउने गुनासा गर्नु भएको छ । ल्यापटप वितरण गरेर यी सम्पूर्ण सामग्री मेल गरेर उहाँहरुलाई एकदिन अगावै पठाउन सकिन्छ । र, उहाँहरुले अध्ययन समेत गर्न सक्नु हुनेछ ।' सचिवालयबाट पठाइएको सामग्री उहाँहरुसँग सँधैको लागि सुरक्षित समेत हुने उनको भनाइ छ ।

ल्यापटप बाँड्ने खर्चको विषयमा तत्काल यकिन नभएको बताउँदै उपसचिव यादवले कमसेकम एक कार्यकाल चल्ने ल्यापटप दिनुपर्ने आफ्नो सोच रहेको बताए । सबै सांसदलाई ल्यापटप वितरण गर्दा न्यूनतम एक करोडसम्म खर्च लाग्ने उनको अनुमान छ ।

ल्यापटप वितरण गरेर प्रदेशसभालाई 'पेपरलेस' बनाउने तयारी गरिएपनि सबै सांसदहरुका लागि यसको प्रयोग भने सहज देखिएको छैन् । कतिपय सांसदहरु ल्यापटप र इन्टरनेट प्रयोगबारे जानकार छैनन् ।

कम्युटर र इन्टरनेट चलाउन नजान्ने सांसदहरुलाई उनका स्वकीय सचिवले सहयोग गर्ने यादवको भनाइ छ । अधिकांश सांसदहरुले स्वकीय सचिव राखेको भन्दै यादवले भने,'प्रायः सबै सांसदज्यूहरुले स्वीकय सचिव राख्नु भएको छ । उहाँहरुले सहयोग गर्नु हुन्छ ।'

सांसदहरुलाई दिइने ल्यापटप पाँच वर्षपछि फिर्ता लिइन्छ कि भन्ने प्रश्नमा यादवले पाँच वर्ष प्रयोग भइसकेको इलेक्ट्रोनिक्स समान फिर्ता नलिँदा नै बेस हुने प्रतिक्रिया दिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।