बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको भन्दै आन्दोलन

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको भन्दै आन्दोलन

राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपर्दा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेको र धुलोका कारण व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै स्थानीयवासीले आन्दोलन सुरु गरेका हुन्।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

लहान- पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडक लामो समयदेखि मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानीयवासीले आन्दोलन सुरु गरेका छन्। 

National life

राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपर्दा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेको र धुलोका कारण व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै स्थानीयवासीले आन्दोलन सुरु गरेका हुन्।

शुक्रबार तीन घण्टा राजमार्ग आवरुद्ध पारेका उनीहरुले सडक मर्मत नगरिए अझ सशक्त आन्दोलन गर्ने बताएका छन्। बजार क्षेत्रको करिब तीन किलोमिटर सडक विगत केही वर्षदेखि भत्किएको र सधैँ धूलो, धुँवा र हिलोबाट आफूहरु पीडित बनेको स्थानीय व्यापारी अशोक साहले बताए। सडकको खाल्डाखुल्डी पुर्न र मर्मत गर्न पटकपटक जिल्ला प्रशासन कार्यालय, मिर्चैया नगरपालिका, सडक डिभिजन कार्यालयलगायत निकायलाई गुहारे पनि सुनुवाई नभएकाले आन्दोलनमा उत्रिनु परेको उनको भनाइ थियो।

दैनिक हजारौँ सवारीसाधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप हुदाँ पनि सम्बन्धित सरोकारवाला निकायले मर्मतसम्भार गर्न ध्यान नदिएको उनीहरुको आरोप छ। राजमार्गको ठाउँठाउँमा गरिएको कालोपत्रे अघिल्लो वर्ष अविरल वर्षाका कारण भत्किदा पनि अझैसम्म टालटुल हुन सकेको छैन। मिर्चैयाको थाना चोक, कटारी चोक र पश्चिम बस स्टेसनमा रहेका ठूलाठूला खाल्डाखुल्डीले पैदल यात्रीलाई पनि आवातजावत गर्न समस्या भइरहेको छ।

सडकमा रहेका खाल्डाखुल्डी पार गर्न चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढेको र चालकले पनि जोखिम मोलेरै सवारी साधान चलाइरहेकाले छिटै कालोपत्रे गरेर दिगो समाधान गर्न ध्यान दिनुपर्नेमा उनीहरुको जोड थियो। नगरप्रमुख श्रवणकुमार यादवले सडकको अवस्थाप्रति आफूहरु चिन्तित रहेको उल्लेख गर्दै समस्या समाधानका लागि पहल भइरहेको बताए।    -रासस

Shivam cement

प्रकाशित: Jun 04, 2022| 14:54 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।