काठमाडौं- जोरपाटीमा रहेको सर्वनाम शिक्षालयका होस्टल वार्डेनले छात्राहरुलाई यौन दुर्वव्यहार गरेको आरोप लागेपछि अभिभावकहरु आन्दोलित भएका छन्।
आन्दोलित अभिभावकहरु तोडफोडका लागि सर्वनाम शिक्षालय पुगेका थिए। अभिभावकहरु शिक्षालय पुगेको खबरलगत्तै प्रहरी उक्त स्थानमा पुगेको थियो।
आक्रोशित अभिभावकहरु तोडफोड र झडपको अवस्था सिर्जना हुने भएपछि प्रहरीले रोकेको महानगरीय प्रहरी वृतका डिएसपी ढुण्डीराम न्यौपानेले बताए। उनले भने, 'तनावग्रस्त अवस्था बनेको यहाँ अहिले भीड नियन्त्रण गरेका छौं। केही शान्त भएको छ।'
यस घटनाबारे थप खुला खुल्न बाँकी रहेको पनि उनले जानकारी दिए।