मंगलबार, फागुन १९, २०८२

नेपाल युएईसँग पराजित

मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल संयुक्त अरब इमिरेटस (युएइ)सँग पराजित भएको छ।

मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो। नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा विना विकेटको क्षतिमा पूरा गर्‍यो। 

युएईको जितमा थिर्था सतिशले अविजित ४ रन जोडिन् भने लाभन्या केनी ३ रनमा अविजित रहिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ८ रन जोडेको हो।

इतिहासकै खराब प्रदर्शन गरेको नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन्। किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १-१ रन जोडिन्।

युएईका महिका गौरले ५ विकेट लिइन् भने इन्धुजा नन्दकुमारले ३ विकेट हात पारिन्। छनोटमा नेपालको यो पहिलो हार हो। हिजो भएको खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो। यता युएईको भने यो लगातार दोस्रो जित हो। पहिलो खेलमा युएईले भुटानलाई १६० रनले हराएको थियो।

kumari

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। नेपालले तेस्रो खेल सोमबार भुटानसँग खेल्नेछ। 

प्रकाशित: Jun 04, 2022| 14:21 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।