कास्की-पोखराका विभिन्न ठाउँमा जुवा खेल्ने १७ जुवाडे पक्राउ परेका छन् । शनिबार सुराकीका आधारमा गस्तीमा गएको कास्की प्रहरीले पोखराको बिभिन्न स्थानबाट १७ जुवाडेलाई नियन्त्रणमा लिएको हो ।
लेखनाथ महानगरपालीका ११ लामाचौर स्थित लिलाप्रसाद पुनको घरमा जुवा खेलिरहेको अबस्थामा पोखरा महानगरपालीका १९ लामाचौरका घरधनी लिला प्रसाद पुन, समिर छन्त्याल, प्रेम बहादुर छन्त्याल, रोसन छन्त्याल तथा दिपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ३० हजार आठसय ७० तथा चारबुक तास बरामद भएको छ ।
त्यस्तै लेखनाथ महानगरपालीका ७ रत्नचोक स्थित जगत थापाको घरमा जुवाखेलीरहेका १२ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिई कारवाहि अगाडी बढाएको छ ।
पक्राउ पर्नेका राष्टबैङ्क चाकका टेक प्रसाद सुबेदी, सिमालचौरका गोकर्ण श्रेष्ठ, रजनी शाही, श्रीजनाचोकका सुरेश परियार, ओम प्रसाद गुरुङ, जगतबहादुर थापा, राजेन्द्र श्रेष्ठ, चालिसे मार्गका रामबाबु चालिसे, नयाँबजारका चुतमान गुरुङ, फुलबारीका अमृत गुरुङ, नयाँ गाँउका आनन्द गुरुङ तथा निम गुरुङलाई नियन्त्रणमा लिई कारवाहि अगाडी बढाईएको प्रहरीले जनाएकोछ ।
नगद तथा तासबुक सहित रंगेहात पक्राउ परेका उनिहरुको आवश्यक कारवाहि तथा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४