बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वातावरण जोगाउने सरकारको महत्त्वपूर्ण एजेण्डा हो : प्रधानमन्त्री देउवा

वातावरण जोगाउने सरकारको महत्त्वपूर्ण एजेण्डा हो : प्रधानमन्त्री देउवा

कान्तिपुर मिडिया ग्रुपले शनिवार आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उनले अहिले वातावरण जोगाउने विश्वकै महत्त्वपूर्ण एजेण्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताए।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्त्वपूर्ण एजेण्डा भएको बताएका छन्।

National life

कान्तिपुर मिडिया ग्रुपले शनिबार आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उनले अहिले वातावरण जोगाउने विश्वकै महत्त्वपूर्ण एजेण्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताए।

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको विश्वव्यापी असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम अपरिहार्य भएको बताए। उनले भने, 'मौसम परिवर्तन र तापमानमा देखिएको वृद्धिको समस्या सारा संसारले भोग्दै आएको छ। हामीले पनि मौसम परिवर्तनका कारण विभिन्न समस्या भोग्न थालेका छौं। बेमौसमी बाढी पहिरोका साथै हाम्रा हिमाल पग्लने समस्याले हिमशृंखला नाङ्गिँदै गएका छन् भने नदी प्रणालीमा समेत असर गर्दै आएको देखिन्छ।'

प्रधानमन्त्री देउवाले मौसम परिवर्तनले दीर्घकालमा मानवजीवनलाई नै गम्भीर असर सिर्जना गर्नसक्ने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्दै वातावरण दिवसको पूर्वसन्ध्यामा हुने यस्ता सचेतनामूलक कार्यक्रमले नागरिकस्तरमा वातावरणको महत्त्व बुझाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। 

'वातावरण दिवसको सन्दर्भ पारेर आयोजना गरिएको यस हाफ म्याराथनले वातावरणको महत्वको विषयमा सचेतना दिन सहयोग पुग्ने छ भन्ने मैले विश्वास लिएको छु। शारीरिक व्यायामका कार्यक्रम तपाई हामी सबैका लागि आवश्यक छन्। स्वस्थ जीवननै मानिसको अमूल्य सम्पति हो। त्यसका लागि यस्ता शारीरिक व्यायाम हुने कार्यक्रम आयोजना हुन आवश्यक छ,' प्रधानमन्त्री देउवाले भने।

Shivam cement

कान्तिपुर मिडिया ग्रूपले जलवायु परिवर्तन संकटको प्रभाव र नियन्त्रणको आवश्यकताबारे सचेतना जगाउन 'रन द कान्तिपुर हाफ म्याराथन २०२२' आयोजना गरेको जनाएको छ। 'जलवायु परिवर्तन' नाराका साथ कान्तिपुर हाफ म्याराथनको दशौं संस्करण सुरु भएको छ।


प्रकाशित: Jun 04, 2022| 13:04 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।