आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फोहोर व्यवस्थापन र वातावरण संरक्षणका लागि टोल सुधार समिति गठन

फोहोर व्यवस्थापन र वातावरण संरक्षणका लागि टोल सुधार समिति गठन

फोहोर व्यवस्थापन र वातावरण संरक्षण लगायतका काम गर्न समिति गठन गरिएको हो। टोलवासीको शनिवार बिहान भएको भेलाले समितिका सदस्यमा आंनिमा शेर्पा, सुमन उप्रेती, राजन रिमाल, अविनारायण श्रेष्ठ, हरिबहादुर गुरुङ, हिमाल गुरुङ, लक्ष्मी अधिकारी र ममता पोखरेललाई चयन गरेको छ।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका-१० नीलोपुल प्रगतिनगरको विकासका लागि समाजसेवी विद्या सुवेदी ज्ञवालीको संयोजकत्वमा ९ सदस्यीय टोल सुधार तदर्थ समिति गठन गरिएको छ।

फोहोर व्यवस्थापन र वातावरण संरक्षण लगायतका काम गर्न समिति गठन गरिएको हो। टोलवासीको शनिवार बिहान भएको भेलाले समितिका सदस्यमा आंनिमा शेर्पा, सुमन उप्रेती, राजन रिमाल, अविनारायण श्रेष्ठ, हरिबहादुर गुरुङ, हिमाल गुरुङ, लक्ष्मी अधिकारी र ममता पोखरेललाई चयन गरेको छ। 

रुबी टेलरिङ, राई ग्यास पसल र खनाल मेडिकलभित्र तथा धोबीखोला करिडोर उत्तर क्षेत्र समेटिएको नयाँ टोल सुधार समितिले आगामी असार मसान्त अगावै अर्को भेला बोलाई रामजी खड्का नेतृत्वको पुरानो समितिलाई आफ्नो प्रगति विवरण र हरहिसाब पेश गर्न लगाउने छ।

समितिले शान्तिसुरक्षा, फोहर व्यवस्थापन र वातावरण संरक्षण, बाटो सुधार, बिजुलीबत्ती जडान आदि कार्य गर्नाका साथै नगरपालिकाको योजनामा आफ्ना सुझाव पेश गर्ने संयोजक ज्ञवालीले जानकारी दिए।

प्रकाशित: Jun 04, 2022| 14:30 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।