आइतबार, जेठ ६, २०८१

कैलाली उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत छनौट प्रयास

कैलाली उद्योग वाणिज्य संघको चुनावी सभा नजिकिएको छ। यहीँ जेठ २८ गते संघको चुनावी साधारणसभा हुँदैछ।
 |  शनिबार, जेठ २१, २०७९

भीम चौधरी

भीम चौधरी

शनिबार, जेठ २१, २०७९

धनगढी- कैलाली उद्योग वाणिज्य संघको चुनावी सभा नजिकिएको छ। यहीँ जेठ २८ गते संघको चुनावी साधारणसभा हुँदैछ। 

triton college

विगतमा कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा प्राय: दुई प्यानल देखिने गरेको थियो। तर, यस पटक भने अहिलेसम्म कुनै प्यानल घोषणा भइसकेको छैन। उद्योगी, व्यसायीहरूबीच आन्तरिक रूपमा नयाँ नेतृत्वका लागि छलफल जारी रहेको बताइन्छ।

संघका एक पदाधिकारीका अनुसार यस पटक सर्वसम्मत ढंगबाटै पदाधिकारी तथा सदस्य चयन गर्न विभिन्न चरणका छलफल भइरहेको छ।

संघका वर्तमान अध्यक्ष पुष्प कुँवर आफ्नो कार्यकालमा कोभिड महामारीका कारण राम्रोसँग काम गर्न नपाएको भन्दै फेरी दोहोरिने मुडमा रहेका छन्। अर्कोतर्फ पछिल्लो निर्वाचनमा अध्यक्षमा पराजित रुपेश स्वाँर पनि फेरी अध्यक्षमा लड्ने तयारीमा रहेका छन्। 

स्वाँरले वर्तमान कार्यसमितिका सबै पदाधिकारी र सदस्य सर्वसम्मत दोहोरिएमा आफू सहमतिको बाधक भने नहुनेभन्दै आफ्ना समूहमा छलफलमा रहेको बताइन्छ। उनले सर्वसम्मत नभएमा आफू अध्यक्षको उम्मेदवार रहेको बताउँदै आएका छन्। ‘सबै उद्योगी, व्यवसायीले सहमति गरे भने म बाधक बन्दिन,’ उनले भने।

corrent noodles
Metro Mart

अर्को एक समूह भने वर्तमान अध्यक्ष कुँवरलाई नदोहोरिन नदिने दाउमा रहेको बताइन्छ। सो समूहले संघमा नयाँ नेतृत्व ल्याउनु पर्नेमा बहसअघि बढाइरहेको छ। यस पटक धेरै व्यवसायीहरूले सदस्यता नवीकरण नगराएको बताइन्छ।

‘यसपालि धेरै व्यवसायीहरूले सदस्यता नवीकरण गरेका छैनन्,’ कैलाली उद्योग वाणिज्य संघका सदस्य रुपेश खड्काले भने, ‘विशुद्ध व्यवसायीहरूले मात्रै नवीकरण गरेका छन्।’

उनले वर्तमान कार्यसमिति सर्वसम्मत बनाउन कति सफल हुन्छ, त्यसमा निर्वाचन हुने वा नहुने भन्ने भर पर्ने बताए। 

अध्यक्षको उम्मेदवार बन्ने चर्चामा रहेका स्वाँर पनि सर्वसम्मतिका लागि आफू बाधक नहुने बताउँदै आएका छन्। पूर्व अध्यक्ष र नेतृत्व पङ्क्तिका व्यवसायीहरू तथा विभिन्न दलको कस्तो भूमिका हुन्छ भन्ने कुराले पनि यस पटकको निर्वाचन प्रभावित हुने व्यवसायीहरू बत्ताउँछन्। 

संघमा नयाँ नेतृत्वका लागि जेठ २२ गते मनोनयन दर्ताको कार्यतालिका रहेको छ। सर्वसम्मतमा कार्यसमिति चयन भएन भने नयाँ नेतृत्वका लागि २८ गते निर्वाचन हुने बताइएको छ।

प्रकाशित: Jun 04, 2022| 12:01 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।