बुधबार, वैशाख १६, २०८३

नेपाली फुटबल टिम एसियाली छनोट खेल्न आज कुवेत जाँदै

कतारमा १० दिनको तयारीपछि नेपाली टिम कुवेत जान लागेको हो।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिम एसियाली छनोट खेल्नका लागि आज कुवेत जाने अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ।

National life

कतारमा १० दिनको तयारीपछि नेपाली टिम कुवेत जान लागेको हो। नेपालले कतारमा तीन मैत्रीपूर्ण खेल खेलेको थियो। त्यहाँ नेपालले टिमोर लिस्टेको यू-२३, श्रीलंका र ओमनसँग तीन अभ्यास खेल खेलेको थियो। त्यसमध्ये दुई खेलमा नेपालले बराबरी गरेको थियो।

शुक्रबार राति सम्पन्न ओमनसँगको खेलमा भने नेपालले २-० को हार बेहोरेको छ। नेपालविरुद्ध ओमनले पहिलो हाफमा गोलरहित बराबरी गरे पनि दोस्रो हाफमा दुई गोल गरेको हो।

बन्द रंगशालामा भएको खेलमा नेपालविरुद्ध ओमनमा अल मलिकल र इस्सम अल सबाहीले गोल गरेका थिए।

तीन खेलको तयारीपछि नेपाली टिम कुवेतमा हुने एसिया कप छनोटको लागि प्रस्तान गर्न लागेको हो। यता प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि नै नेपाल एसिया कपमा छनोट नहुने बताइसकेका छन्।

kumari

त्यसको केहि हप्तापछि प्रशिक्षकले १० सिनियर खेलाडीलाई बन्द प्रशिक्षणबाट बाहिर पठाएर १४ नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए। उनले अहिले नेपाली युवा टिम बनाएको र यो टिमले अब ७,८ वर्ष मज्जाले खेल्ने दाबीसमेत गरेका छन्।

प्रकाशित: Jun 04, 2022| 10:41 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।