शनिबार, मंसिर ६, २०८२

नेसन्स लिगमा शक्तिराष्ट्र बेल्जियम र फ्रान्सको हार

युरोपमा आयोजना हुने नेसन्स लिगको शुक्रबार राति सम्पन्न भएको खेलमा दुई फुटबलका शक्तिराष्ट्र पराजित भएका छन्।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- युरोपमा आयोजना हुने नेसन्स लिगको शुक्रबार राति सम्पन्न भएको खेलमा  दुई फुटबलका शक्तिराष्ट्र पराजित भएका छन्। सन् २०१८ को विश्वकप विजेता फ्रान्स र पूर्वा विश्वनम्बर वान बेल्जियम पराजित भएका हुन्।

National life

फ्रान्सको राष्ट्रिय रंगाला स्टेट डी फ्रान्समा सम्पन्न भएको खेलमा घरेलु टिमले पाहुना टिम डेनमार्कसँग २-१ को हार बेहोरेको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५१औं मिनेटमा करिम बेञ्जिमाले गोल गरेका थिए।

त्यस्तै, खेलको ६८औं मिनेटमा र ८८औं मिनेटमा ए कोर्नेलउसले गोल गरेका थिए। यससँगै फ्रान्स पराजित भयो।

अको खेलमा बेल्जियम पनि घरेलु मैदानमै पराजित भएको छ। पश्चिम ब्रसेल्सको किङ बाउडोउइन रंगशालामा सम्पन्न भएको खेलमा बेल्जियले नेदरल्यान्डसँग ४-१ को हार बेहोरेको हो।

नेदरल्यान्डको जितका लागि मेम्फिस डिपायले दुई गोल गरे। त्यस्तै, बेल्जियमका लागि मिची बाश्वायीले एक गोल फर्काएका थिए। यता बेल्जियमका लागि बाँकी गोल बेर्जविन र डम्फ्रिजले गरेका थिए।

Laxmi sunrise bank
kumari

शुक्रबार रातिकै खेलमा क्रोएसिया पनि अष्ट्रियासँग ३-० ले पराजित भएको छ। क्रोएसिया पहिलो पटक सन् २०१८ मा विश्वकप फाइनलमा पुगेको थियो। तर उसले जित निकाल्न सकेन।

प्रकाशित: Jun 04, 2022| 10:21 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।