आइतबार, साउन २४, २०८३

जरायोको सिङसहित दुई जना पक्राउ

धनुषा प्रहरीले जरायोको सिङसहित जनकपुरधामबाट दुई जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

जनकपुरधाम- धनुषा प्रहरीले जरायोको सिङसहित जनकपुरधामबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुरधाम उप महानगरपालिका २४ बस्ने २० वर्षका सोनु पाण्डे र महोत्तरीको महोत्तरी गाउँपालिका ३ बस्ने रितेश कुमार पाण्डे छन्।

उनीहरूलाई जनकपुरधाम २४ बाट पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

उनीहरूको साथबाट खैरो रङ्गको ३ सिंगे १ थान र कालो रङ्गको २ सिंगे १ थान काटिएको जरायोको सिंग बरामद भएको क्षेत्रीले बताए।

सिंग बेचबिखन भइरहेको सूचना आएपछि पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि वन डिभिजन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 04, 2022| 08:50 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।