बिहीबार, असार ४, २०८३

टिपर तथा ट्रक व्यवसायीका समस्या समाधान गर्न माग

यातायात व्यवसायीले नेपालको टिपर तथा ट्रक क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेका छन्।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- यातायात व्यवसायीले नेपालको टिपर तथा ट्रक क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेका छन्। नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले शुक्रबार आयोजना गरेको ‘पदस्थापन तथा सम्मान’ कार्यक्रमका वक्ताले नेपालको टिपर तथा ट्रक क्षेत्रमा धेरै समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि सरकारले तत्काल पहल थाल्नुपर्ने बताएका हुन्।

National life

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नेपालको मालबाहक क्षेत्रमा थुप्रै समस्या रहेको भन्दै त्यसको समाधानका लागि महासङ्घले सम्बन्धित निकायमा निरन्तर आवाज उठाउँदै आएको बताए। 'समितिले नेपालको मालबाहक क्षेत्रलाई मर्यादित र सम्मानजनक बनाउनका लागि चालक तथा सहचालकलाई बेलाबेलामा प्रशिक्षण एवं तालिम प्रदान गर्नुपर्छ', उनले भने। 

नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका पूर्वअध्यक्ष एवं धादिङको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले टिपर तथा ट्रक क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे। “म अध्यक्ष भएदेखि नै यस क्षेत्रका समस्या ज्यूँका त्यूँ छन्, त्यसलाई समाधानका लागि आफू जनप्रतिनिधि भएको हिसाबले निरन्तर लाग्नेछु”, उनले भने। 

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुलुकको विकासका लागि टिपर तथा ट्रक क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यो व्यवसायलाई सम्मानित ढङ्गले सञ्चालन गर्न राज्यले सहयोग गर्नुपर्ने बताए।

वरिष्ठ उपाध्यक्ष सिटौलाले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपालको यातायात क्षेत्रबाट २०० भन्दा बढी जनप्रतिनिधि विजयी भएको भन्दै विजयी जनप्रतिनिधले नेपालको यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा लाग्ने विश्वास व्यक्त गरे। आर्थिक वर्ष २०७९/०८० को बजेटले नेपालको यातायात क्षेत्रलाई यथोचित सम्बोधन गर्न नसकेको उनको भनाइ थियो।

Shivam cement

महासङ्घका वरिष्ठ उपाध्यक्षद्वय ऐनकुमार शाही, हरिशरण केसी, महासचिव डेकनाथ गौतमले अर्बौं लगानी भएको नेपालको मालबाहक क्षेत्रमा देखिएको समस्या समाधानका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरे। 

समितिका संस्थापक अध्यक्ष एवं महासङ्घका मालबाहकतर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठले भारतीय ट्रक क्षमताभन्दा बढी सामान बोकेर निर्वाधरुपमा नेपाल भित्रिँदा नेपाली ट्रक व्यवसायी मारमा परेको बताए। उनले मालबाहक क्षेत्रको समस्या समाधानका लागि आफूले निरन्तर आवाज उठाउँदै आएको बताए। 

टिपर तथा ट्रक व्यवसायी समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठ, सल्लाहकार पित्तबहादुर (हरि) डल्लाकोटी, पूर्वअध्यक्ष कृष्ण पन्त, वरिष्ठ उपाध्यक्ष सुमन बोगटीलगायतले काठमाडौँ उपत्यकामा कार्यालयको समयबाहेक अन्य समय निर्वाधरुपमा टिपर सञ्चालन गर्न पाउनुपर्ने माग गरे। 

उनीहरुले कार्यक्रममा बीमाको क्षतिपूर्ति रकम बढाउनुपर्ने, दुर्घटना उपचार रकम बढाउनुपर्ने, दुर्घटना भएको पुलिस रिपोर्ट तत्काल पाउनुपर्ने, टिपर तथा ट्रकका लागि छुट्टै पार्किङको व्यवस्था गर्नुपर्ने, बढेको रकम लिन पाउनुपर्नेलगायत समस्या रहेकाले उक्त समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। 

वि.सं. २०६६ मा स्थापना भएको उक्त समितिमा हाल दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन्। हाल देशभर १५ हजार टिपर तथा ट्रक सञ्चालनमा रहेकोमा वाग्मतीमा मात्र झण्डै नौ हजार सञ्चालनमा रहेको बताइएको छ। - रासस

प्रकाशित: Jun 04, 2022| 08:36 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।