हेटौंडा- पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा-३ को तीनताप्के भन्ने ठाउँमा खुकुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ।
शुक्रबार दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना५च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त हेटौंडा-६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको हो।
एकदिन अघि पनि सोही ठाउँनजीक ट्याक्टर दुर्घटना हुँदा चितवनको रत्ननगर-८ का ३१ वर्षीय सन्दिप अर्यालको ज्यान गएको थियो। हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना२च २९५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई खोल्सामा पल्टिदा चालक अर्यालको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ।