बिहीबार, असार ४, २०८३

पाठ्यपुस्तक नपुग्दा रुकुमपूर्वमा पठनपाठन प्रभावित

रुकुमपूर्वमा ११६ सामुदायिक विद्यालय छन्। जिल्लामा अहिलेसम्म कक्षा १ देखि ३ सम्मको किताबमा पूर्ण रुपमा रुकुमकोटमा आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई रुकुमपूर्वका प्रमुख तिलक गौतमले जानकारी दिए। रुकुमकोट आएका यी सबै किताब अर्को सातासम्ममा सबै विद्यालयमा पुर्‍याइसक्ने पाठ्यक्रम खरिद डिलरले जानकारी गराएको उनले बताए। कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक भने अपुरो आएको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- रुकुमपूर्वमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठनपाठन प्रभावित बन्न पुगेको छ। जेठ पहिलो साताबाटै नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ। जेठ सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नै नआएपछि अधिकांश विद्यालयमा विद्यार्थीहरुको पठनपाठन प्रभावित बन्न पुगेको हो। 

National life

रुकुमपूर्वमा ११६ सामुदायिक विद्यालय छन्। जिल्लामा अहिलेसम्म कक्षा १ देखि ३ सम्मको किताबमा पूर्ण रुपमा रुकुमकोटमा आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई रुकुमपूर्वका प्रमुख तिलक गौतमले जानकारी दिए। रुकुमकोट आएका यी सबै किताब अर्को सातासम्ममा सबै विद्यालयमा पुर्‍याइसक्ने पाठ्यक्रम खरिद डिलरले जानकारी गराएको उनले बताए। कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक भने अपुरो आएको छ।

रुकुमपूर्वमा विद्यार्थी सङ्ख्या २० हजारको हारहारीमा छ। तर, किताब भने न्यून मात्रामा आएको छ। आएको किताब पनि अपुरो आएको सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख मङ्गलसिंह बुढाले बताए। अहिले कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक नै परिवर्तन भएर आएको छ। नयाँ किताब गाउँपालिकाको कुनै पनि विद्यालयमा नपुगेको उहाँले बताउनुभयो। विद्यालयमा अहिले पुराना किताबबाटै पठनपाठन सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख बुढाले बताए।

भूमे गाउँपालिकामा पुरानै किताबाट पठनपाठन भइरहेको शिक्षा शाखा प्राविधिक सहायक टेकबहादुर बुढाले बताए। कक्षा ४, ७ र ९ को भने पाठ्यपुस्सतक नै चेन्ज भएको कारण पठनपाठन हुन नसकेको उनले बताए। विद्यार्थीहरू भने विद्यालयमा आइरहेका छन्। पुथाउत्तरगङ्गा गाउँपालिकामा पनि केहि विद्यालयमा पुरानै किताबबाट पठनपाठन सञ्चालन भइरहेको छ भने कतिपय विद्यालयमा किताब आको छैनन् भनेर शिक्षक घरतिर बसेको गाउँपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले बताए।

प्रकाशित: Jun 03, 2022| 22:25 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।