मंगलबार, चैत १७, २०८२

भोजपुरमा तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन

भोजपुर जिल्लाका नौ स्थानीय तहमा रु तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन भएको छ। समपुरक अनुदान, समानीकरण अनुदान, विषेश अनुदान र सःशर्त अनुदान गरी चार शीर्षकमा दुई नगरपालिका लागि रु ९८ करोड एक लाख र सात वटा गाउँपालिकाकाको लागि रु दुई अर्ब १७ करोड ८८ लाख बजेट विनियोजन भएको हो।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

भोजपुर-  भोजपुर जिल्लाका नौ स्थानीय तहमा रु तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन भएको छ। समपुरक अनुदान, समानीकरण अनुदान, विषेश अनुदान र सःशर्त अनुदान गरी चार शीर्षकमा दुई नगरपालिका लागि रु ९८ करोड एक लाख र सात वटा गाउँपालिकाकाको लागि रु दुई अर्ब १७ करोड ८८ लाख बजेट विनियोजन भएको हो। 

National life

षडानन्द नगरपालिकामा सबैभन्दा बढी रु ५१ करोड ५२ लाख र सबैभन्दा कम साल्पासिलिछो गाउँपालिकामा रु २४ करोड ५५ लाख बजेट विनियोजन भएको छ। त्यसैगरी भोजपुर नगरपालिकामा रु ४६ करोड ४९ लाख, अरुण गाउँपालिकामा रु ३१ करोड आठ लाख, आमचोक गाउँपालिकामा रु ३१ करोड ९८ लाख र टेम्केमैयुङ गाउँपालिकामा रु ३८ करोड ६६ लाख बजेट आएको छ। 

पौवादुङमा गाउँपालिकामा रु ३० करोड १४ लाख, रामप्रसादराई गाउँपालिकामा रु ३१ करोड ६५ लाख र हतुवागढी गाउँपालिकामा रु २९ करोड ८२ लाख बजेट विनियोजन गरेको हो। अहिले केन्द्र सरकारबाट विनियोजन भएको बजेट आएको भए पनि अब प्रदेश सरकार र आन्तरिक आयलाई जोडेपछि सबै स्थानीय तहको अन्तिम बजेट तयार हुने पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। 

देशभरका स्थानीय तहले अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत रु तीन खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन्। स्थानीय तहले समानीकरण अनुदानअन्तर्गत रु एक खर्ब २३ करोड बजेट पाएका छन्। 

सःशर्त अनुदानतर्फ स्थानीय तहले रु एक खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन्। समपूरक अनुदानका लागि स्थानीय तहलाई रु सात अर्ब २७ करोड बजेट विनियोजन भएको छ। विशेष अनुदानतर्फ स्थानीय तहलाई रु नौ अर्ब १४ करोड विनियोजन भएको छ।

kumari

प्रकाशित: Jun 03, 2022| 22:50 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।