मंगलबार, फागुन १९, २०८२

झापाको बढुवा र उपाधिसँगै सकियो सी डिभिजन लिग

१३ खेलबाट ३४ अंक जोड्दै झापा फुटबल क्लबले शहीद स्मारक ‘सी’ डिभिजन लिग २०२२ को उपाधि जितेको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं– १३ खेलबाट ३४ अंक जोड्दै झापा फुटबल क्लबले शहीद स्मारक ‘सी’ डिभिजन लिग २०२२ को उपाधि जितेको छ। सातदोबाटोस्थित एक्फा कम्प्लेक्समा शुक्रवार सम्पन्न लिगको अन्तिम खेलमा स्वयम्भू क्लबलाई ४–२ गोलले हराउँदै झापाले लिगको उपाधि जितेको हो।

झापा पछिल्लो सिजनमा नै लिगको उपाधि जित्ने तयारीका साथ पूर्वबाट काठमाडौं आएको थियो। तर उसले अपेक्षाकृत खेल्न सकेन। यससँगै उ सी डिभिजनमै रह्यो। त्यसपछि थप तयारी गर्दै यो वर्ष लिगमा होमिएको थियो।

तीन वर्षअघि सी डिभिजन छनोटबाट छानिएर झापाले सहिद स्मारक लिग पिरामिडमा आफूलाई समाहित गरेको थियो। लिगमा एक खेल अगावै बी डिभिजन लिगमा बढुवा भएको झापा क्लबलाई आजको अन्तिम खेलमा जित दिलाउन विशाल खवासले दुई गोल गरे भने पुजन राई र मनिष लिम्बूले समान १–१ गोल गरे।

त्यस्तै, स्वयम्भूका लागि रोशन छेत्री र पल्सङ लामाले समान १–१ गोल गरे। त्यस्तै आजै सम्पन्न अर्को खेलबाट ओएसिस क्लबलाई ५–० ले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड ‘बी’ डिभिजनमा बढुवा भएको छ। एउटै समयमा दशरथ रंगशालामा खेलकुद एकेडेमी संघविरुद्धको खेल गोलरहित बराबरीमा रोकिएपछि आरसी ३२ फुटबल एकेडेमीको बढुवाको सम्भावना सकिएको छ।

आज आरसी ३२ र प्लानिङ बोइज बढुवाको लागि अन्तिम प्रतिस्पर्धामा थिए। आरसी३२ लाई अनिवार्य जित चाहिएको थियो। तर, उसको बढुवाको लागि प्लानिङ बोइजले अन्तिम खेलमा अंक गुमाउनु पर्ने थियो। तर प्लानिङ बोइजले सानदार जित निकालेपछि उसैले बढुवा पक्का गर्यो भने आरसी ३२ सी डिभिजनमै रह्यो।

kumari

आज प्लानिङ ब्वाइजको जितमा फागुराम थारुले ह्याट्रिक तथा अर्जुनकुमार राना र ओमप्रकाश चौधरीले एक–एक गोल गरे।

थारुले खेलको तेस्रो, आठौं र १६ औं मिनेटमा गोल गरेका थिए। ४३औं मिनेटमा राणाले गोल गरे थिए भने ८२औँ मिनेटमा चौधरीले पाँचौं गोल थपे।

प्लानिङले लिगमा नौ खेल जित निकालेको छ भने चार खेल बराबरी गरेको छ। लिगमा कुनै पनि खेल नहार्ने एक मात्र टोली हो प्लानिङ बोइज। आज सम्पन्न भएको लिगबाट बिरगन्ज र ओएसिस क्लब भने सी डिभिजन क्वालिफायरमा घटुवा भएका छन्।

प्रकाशित: Jun 03, 2022| 17:32 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।