शनिबार, चैत ७, २०८२

नेपाली सेनाको 'ग्राउन्डेड' हेलिकोप्टर मनमोहन प्राविधिक विश्वविद्यालयलाई

उडान अवधि पूरा गरी भूमिस्थ (ग्राउन्डेड) भएर थन्किएको नेपाली सेनाको हेलिकोप्टर मनमोहन प्राविधिक विश्वविद्यालयले प्रयोग गर्ने गरी प्रदेश १ सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- उडान अवधि पूरा गरी भूमिस्थ (ग्राउन्डेड) भएर थन्किएको नेपाली सेनाको हेलिकोप्टर मनमोहन प्राविधिक विश्वविद्यालयले प्रयोग गर्ने गरी प्रदेश १ सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ। मन्त्रिपरिषद्को २०७९ वैशाख २५ गतेको निर्णयअनुसार उक्त हेलिकोप्टर मन्त्रालयलाई हस्तान्तरण गरिएको सेनाले जानकारी दिएको छ। 

National life

विश्वविद्यालयले चालु आव ०७८/७९ बाट सञ्चालन गरेको रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययनका सिलसिलामा प्रयोगात्मक अभ्यासका लागि उपयोग गर्न उक्न हेलिकोप्टर  प्रदान गरिएको हो। हेलिकोप्टरका साथै सोसँग सम्बन्धित ४७ वटा पार्टपूर्जा पनि हस्तान्तरण भएको हो। 

भारतको बैंगलोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडद्वारा निर्मित उक्त हेलिकप्टर भारतले २०५८ मंसिर २६ गते नेपाली सेनालाई सहयोग गरेको थियो। निर्माता कम्पनीले तोकिदिएको उडान समयावधि हेलिकोप्टरले पूरा गरेको छ। 

गौचरस्थित मध्य एयर वेसमा आयोजित समारोहमा नेपाली सेना, सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश १ का सामाजिक विकास सचिव दीर्घराज मैनालीलाई हेलिकोप्टर हस्तान्तरण गरेका  हुन्।  

एरोनटिकल विधामा प्राविधिक ज्ञान अभिवृद्धि गर्न यो कार्यले सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेल, रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद ढुङ्गेल लगायतको उपस्थिति थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 03, 2022| 16:25 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्