मंगलबार, फागुन १९, २०८२

प्लानिङ बोइज बी डिभिजनमा बढुवा, सी डिभिजनमै रह्यो आरसी ३२

शहीद स्मारक ‘सी’ डिभिजन लिग २०२२ मा शुक्रबार रेलिगेड ओएसिस क्लबलाई ५–० ले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड ‘बी’ डिभिजनमा बढुवा भएको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं– शहीद स्मारक ‘सी’ डिभिजन लिग २०२२ मा शुक्रबार रेलिगेड ओएसिस क्लबलाई ५–० ले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड ‘बी’ डिभिजनमा बढुवा भएको छ।

एउटै समयमा दशरथ रंगशालामा खेलकुद एकेडेमी संघविरुद्धको खेल गोलरहित बराबरीमा रोकिएपछि आरसी ३२ फुटबल एकेडेमीले भने बढुवाको लागि प्रतिस्पर्धा गर्न सकेन।

आज आरसी३२ र ओलानिङ बोइज बढुवाको लागि अन्तिम प्रतिस्पर्धामा थिए। आरसी ३२ लाई जित चाहिएको थियो र उसले बढुवा सुरक्षित गर्नको लागि प्लानिङ बोइजले अन्तिम खेलमा अंक गुमाउने आशा गरेको थियो।

तर प्लानिङ बोइजले जित निकालेपछी उसले बढुवा पक्का गर्यो भने। आरसी ३२ सी डिभिजनमै रह्यो।

आज प्लानिङ ब्वाइजको जितमा फागुराम थारुले ह्याट्रिक तथा अर्जुनकुमार राना र ओमप्रकाश चौधरीले एक गोल गरे।

kumari

थारुले खेलको तेस्रो, आठौं र १६ औं मिनेटमा गोल गरेका थिए। ४३औं मिनेटमा राणाले गोल गरे थिए भने ८२औँ मिनेटमा चौधरीले पाँचौं गोल थपे।

प्लानिङले लिगमा नौ खेल जित निकालेको छ भने चार खेल बराबरी गरेको छ। लिगमा कुनै पनि खेल नहार्ने एक मात्र टोली हो प्लानिङ बोइज।

१२ खेलबाट ३१ अंक जोड्दै झापा ११ यश अघि नै बी डिभिजनमा बढुवा भइसकेको छ। यता, बिरगन्ज र ओएसिस भने सी डिभिजन क्वालिफायरमा घटुवा भएको छ।

प्रकाशित: Jun 03, 2022| 15:16 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।