बिहीबार, असार ३२, २०८३

विराटनगरमा बम विस्फोट : मेयरको गाडीमा क्षति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरीः प्रदेश १ को अस्थायी राजधानी रहेको प्रदेशकै एक्लो महानगर विराटनगरमा बम फिस्फोट भएको छ । विराटनगर महानगरको नयाँ र पुरानो भवनकोबीचमा पैदल हिड्ने ठाँउमा बिस्फोट भएको हो । दिउँसो २ बजेतिर विस्फोट भएको ठाँउ मेयरको कक्ष भएको पर्खालबाट तीन मिटर मात्रै टाढा रहेको छ । 

विस्फोटले मेयरको गाडिमा सिसा फुटेर क्षति पुगेको छ भने बिस्फोट स्थलका सोफा र दराज  र आसपासका धुजाधुजा भएको महानगरका कर्मचारी धिरज राईले बताए । बिस्फोटको बारेमा हालसम्म कसैले पनि जिम्मेवारी नलिएको र कुनै पर्चाहरु नभेटिएको मोरङ प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले बताए । घटनास्थलमै भएका एसपी केसीले हालसम्म कस्ले कुन नियतमा विस्फोट गराएको पत्ता नलागेको बताए ।  

हाल प्रहरीले बम बिस्फोटको क्षेत्रमा कसैलाइ  प्रवेश र फोटो खिच्न नदिएको पनि एसपी केसीले बताए । 

विराटनगर ७ स्थित शनिहाट क्षेत्रमा रहेको महानगरमा भएको बिस्फोटले कुनै मानविय क्षति भने नभएको महानगरले जनाएको छ । बम फिस्फोट भएको क्षेत्र प्रहरी पोस्टबाट साढे १ किलोमिटर मात्रै टाढा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।