बुधबार, चैत ४, २०८२

अध्ययन रोकेर चीनबाट फर्किएका विद्यार्थीको फिर्ती प्रक्रिया सुरु

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले चीनमा उच्च शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको फिर्ती प्रक्रिया सुरु भएको जनाएको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- कोभिड महामारी सुरु भएसँगै लागू भएको बन्दाबन्दीका कारण अध्ययन बीचमै रोकेर चीनबाट फर्किएका नेपाली विद्यार्थीहरू पुनः चीन जान सुरु गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीनमा उच्च शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको फिर्ती प्रक्रिया सुरु भएको जानकारी दिएको हो। 

National life

मन्त्रालयकाअनुसार कोभिड-१९ को महामारीमा नेपाल फर्किएका र बन्दाबन्दीको कारणले अध्ययन गर्न जान नपाएका २ सय ८१ जना विद्यार्थीलाई चीन पठाउने प्रक्रिया खुला गरिएको हो।

पढाइ सकेर इन्टर्नसिप बाँकी रहेका विद्यार्थी कोरोना महामारीका कारण लामो समयसम्म पनि चीन जान नपाउँदा समस्यामा परेका थिए।

त्यस्ता विद्यार्थीलाई सरकारले अध्ययन पूरा गर्नका लागि चीन पठाउने प्रयास अगाडि बढाएको थियो। सोही प्रयासअनुसार चीन फिर्तीको प्रक्रिया सुरु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jun 03, 2022| 14:13 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्