सोमबार, असार ८, २०८३

सप्तरी घटना छानबिन गर्न माग

डा. विजयको हत्यामा मेडिकल कलेजकै डाक्टर, कर्मचारी र औषधि पसलेको संलग्नता रहेको मृतकको परिवारले दावी गर्दै आएको सांसद गिरीको भनाइ छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- नेकपा (एमाले) का सांसद सरिताकुमारी गिरीले सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाका डा. विजयकुमार यादवको हत्या गरिएको भन्दै निष्पक्ष छानबिनको माग गरेकी छिन्।

National life

प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटासँग समय माग गरी सांसद गिरीले नोबेल मेडिकल कलेजमा हाडजोर्नी  विशेषज्ञ डा. विजयकुमार यादवको यही जेठ १८ गते राति निर्ममतापूर्वक हत्या गरिएको तर प्रशासनले घटनालाई आत्महत्यातर्फ बङ्ग्याउन खोजेको आरोप लगाइन्।

डा. विजय पाँच वर्षअघि बङ्गलादेशबाट एमबिबिएस अध्ययन सकेर नेपाल आएका थिए। सांसद गिरीले भने,  'डा. विजयको हत्यालाई प्रशासनले आत्महत्या जस्तो देखाउने प्रयास गरे पनि डेरा वरिपरि डा. विजयको शव घोप्टो पारिराखिएको थियो, त्यो कम्पाउण्ड बाहिर मृतकको रगत जताततै छरिएको थियो, साथै शरीरमा आक्रमणका चिह्न रहेका थिए तर घटनास्थलमा रहेका प्रमाण नेपाल प्रहरीले नष्ट गर्न खोजेको छ।'

डा. विजयको हत्यामा मेडिकल कलेजकै डाक्टर, कर्मचारी र औषधि पसलेको संलग्नता रहेको मृतकको परिवारले दावी गर्दै आएको सांसद गिरीको भनाइ छ। हत्या काण्डको मसिनो गरी छानविन गर्न एक संसदीय छानविन समिति गठन गरी कृतक परिवारलाई न्याय गर्नुपर्ने सांसद गिरीको भनाइ छ।


Shivam cement

प्रकाशित: Jun 03, 2022| 14:01 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...