सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महिला उपप्रमुखले आगामी निर्वाचनमा प्रमुखको तयारी गर्नुहोला : माओवादी नेतृ सुवेदी

महिला उपप्रमुखले आगामी निर्वाचनमा प्रमुखको तयारी गर्नुहोला : माओवादी नेतृ सुवेदी

नेकपा माओवादी केन्द्रकी नेता पूर्णकुमारी सुवेदीले पार्टीबाट उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न निर्देशन दिएकी छन्।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रकी नेता पूर्णकुमारी सुवेदीले पार्टीबाट उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न निर्देशन दिएकी छन्।

National life

शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिलाई बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपप्रमुखमा निर्वाचित महिलाले आगामी निर्वाचनमा प्रमुखका लागि तयारी गर्नुपर्ने धारणा राखेकी हुन्।

त्यसको लागि आउने बाधा, अड्चनमा आफूहरूको साथ रहने उनको धारणा थियो। उनले महिला जनप्रतिनिधिले महिलाको क्षमता विकास गराउँदै आफू सँगसँगै अगाडी ल्याउनुपर्ने पनि बताइन्। निर्वाचित जनप्रतिनिधिलाई जनतालाई निराश नबनाउन पनि उनले आग्रह गरिन्। 

‘यो अवसरलाई कसरी हामीले सदुपयोग गर्ने? तपाइहरू समाजमा गएर, जनताको सेवामा समर्पित भएर, जनताको मन जितेर, जनतालाई आकर्षित गरेर, जनतालाई विश्वास दिलाएर तपाइहरू यहाँ आउनुभएको छ। यो जनताको विश्वासलाई, जनताको माया, सद्भावलाई हामीले सम्मान गर्नुपर्ने हुन्छ। जनतालाई निराश बनाउनु हुँदैन,' उनले भनिन्।

समाजसेवा, राजनीतिक र महिलाहरूको क्षमता विकास गरे महिला जनप्रतिनिधिको दोहोरो भूमिका हुने उनले औँल्याएकी छन्। 'महिलाहरूलाई पनि आफू सँगसँगै अगाडी ल्याउनुपर्‍यो। पार्टीले दिएको यो अवसरलाई चुनौतीको रूपमा लिँदै सामना गर्ने। सामना गर्ने हतियार भनेको हाम्रो विचार हो। तपाइहरू जति उपप्रमुख हुनुभएको छ, सबै भोलिको लागि प्रमुखको लागि तयारी गर्नुहोला,' उनले भनिन्।

Shivam cement

उनले राजनीतिक परिवर्तनमा महिलाको भूमिका धेरै रहेको उल्लेख गरिन्। अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले शुक्रबार पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिलाई पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच बधाई तथा अभिनन्दन गरेको छ।

प्रकाशित: Jun 03, 2022| 13:40 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...