बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विद्युत उत्पादन बढाएर पेट्रोलियम पदार्थको प्रतिस्थापन गर्नूपर्छ : सांसद भुसाल

विद्युत उत्पादन बढाएर पेट्रोलियम पदार्थको प्रतिस्थापन गर्नूपर्छ : सांसद भुसाल

सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन्।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन्।

सचेतक भुसालले रुस–युक्रेन युद्धका कारण नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्यवृद्धिको मारमा पर्नुपरेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत, सौर्य ऊर्जालगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने सुझाव दिइन्।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन सरकारसँग माग गर्दै प्रतिनिधिसभा बैठकमा पेस गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले आयातित बस्तुको प्रतिस्थापन नगरी मूल्य वृद्धिको समस्या हल गर्न नसकिने भएकाले सरकारले ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्ने बताइन्।

‘मूल्यवृद्धिबारे म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। सबभन्दा पहिला म नेपाल सरकारलाई धन्यवाद पनि दिन चाहन्छु- हिजो १० रुपैयाँ ट्याक्स घटाएको निर्णय भएको छ। त्यसलाई सकारात्मक रूपमा लिएको छु। यो घटाउने क्रमलाई निरन्तरता दिइयोस् भनेर पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,' उनले भनिन्।

सचेतक भुसालले मूल्यवृद्धिबारे अध्ययन गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल नेतृत्वको समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत गराएकी छन्।

प्रकाशित: Jun 03, 2022| 13:18 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...