आइतबार, साउन २४, २०८३

हेटौँडामा अर्काको नाममा परीक्षा दिने दुईजना पक्राउ

मकवानपुरमा अर्काको नाममा परीक्षा दिने दुईजना पक्राउ परेका छन्।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- मकवानपुरमा अर्काको नाममा परीक्षा दिने दुईजना पक्राउ परेका छन्।

हेटौँडा उपमहानगरपालिका-१ स्थित स्कुलमा सञ्चालन भइरहेको लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एकजना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दीपेन्द्र प्रसाद बास्ताकोटी छन्।

महोत्तरी पोखभिण्डा बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला परेपछि उनलाई पक्राउ गरिएको हो।

यस्तै, हेटौँडा उपमहानगरपालिका-११ स्थित यातायात व्यवस्था कार्यालय हेटौँडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमति पत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका-७ बस्ने २० वर्षीय सन्तोष गौतम पक्राउ परेका छन्।

सोही गाउँपालिका-७ बस्ने टुकनाथ गौतमको ठाउँमा उनकै छोरा सन्तोषले परीक्षा दिइरहेको अवस्थामा फेला पारी यातायात कार्यालयले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो।

प्रकाशित: Jun 03, 2022| 12:26 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।