आइतबार, मंसिर २८, २०८२

कैलालीमा गठबन्धनभित्र तिक्तता, जिससमा माओवादी र एमाले मिले

कैलालीमा नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा जिल्ला समन्वय समिति गठन गर्ने सहमति भएको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

धनगढी– कैलालीमा नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा जिल्ला समन्वय समिति गठन गर्ने सहमति भएको छ।

National life

नेकपा एमाले र माओवादी केन्द्रसँगको सहकार्यमा नागरिक उन्मुक्ति पार्टीले जिसस प्रमुख पाउने भएको हो। प्रमुखसँगै सो पार्टीले थप दुई सदस्य लिने सहमति भएको छ।

एमालले उपप्रमुख र एक सदस्य पाउने सहमति भएको एमाले कैलालीका सचिव डेजी पाण्डेयले बताए। माओवादीले चार जना समन्वय समितिका सदस्य पाउने भएको छ।

१३ स्थानीय तह रहेको कैलालीमा जिसस बनाउन १४ जना प्रमुख–उपप्रमुख आवश्यक हुन्छ। नागरिक उन्मुक्ति, एमाले र माओवादी मिल्दा १६ जना पुग्छन्। कैलालीमा नागरिक उन्मुक्ति पार्टीले चार प्रमुख र तीन उपप्रमुख जितेको छ। एमालेले दुई प्रमुख र तीन उपप्रमुख जितेको छ। माओवादीले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ।

कांग्रेसले तीन प्रमुख र पाँच उपप्रमुख जितेको छ। एकीकृत समाजवादी र स्वतन्त्रले १–१ प्रमुख जितेका छन्।

Laxmi sunrise bank
kumari

कैलालीमा कांग्रेस, माओवादी र समाजवादी मिलेर स्थानीय तह चुनाव लडेका थिए। कैलालीमा यसअघि एमालेले प्रमुख, उपप्रमुख र बहुमत सदस्यसहित जिसस बनाएको थियो।

प्रकाशित: Jun 03, 2022| 12:16 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।