मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जिआइ रडको भन्सार र अन्तःशुल्क घटाउन माग गर्दै व्यवसायी उद्योग मन्त्रालयमा

जिआइ रडको भन्सार र अन्तःशुल्क घटाउन माग गर्दै व्यवसायी उद्योग मन्त्रालयमा

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको आर्थिक विधेयक मार्फत जिआइ रडमा लाग्दै आएको भन्सार महसुल र अन्तःशुल्क बढाएपछि घटाउन आग्रह गदै उद्योगीहरु उद्योग मन्त्रालय पुगेका छन्।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको आर्थिक विधेयक मार्फत जिआइ रडमा लाग्दै आएको भन्सार महसुल र अन्तःशुल्क बढाएपछि घटाउन आग्रह गदै उद्योगीहरु उद्योग मन्त्रालय पुगेका छन्। 

National life

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालको नेतृत्वमा उद्योगीहरु उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडु गुहार्न उद्योग मन्त्रालय पुगेका हुन्। सरकारले आगामी आर्थिक बर्षको लागि ल्याएको आर्थिक विधेयकमा जिआइ रडको आयातमा भन्सार ५ प्रतिशत बढाएर १० प्रतिशत पुर्याएको छ। त्यस्तै सोही बस्तुमा प्रतिक्वीन्टल अन्तशुल्क २१ सय बाट ४५ सय पुर्याए पछि उद्योगीहरु मन्त्रालयमा गुहारका लागि पुगेका हुन्।

जिआइ रड पहाडका बाटोहरुमा प्रयोग हुने तार बनाउनका लागि प्रयोग हुने कच्चा पदार्थ हो। तर जिआइ वायर फिनिसिङ तार हो। भारत सरकारले आफ्नो फिनिसिङ बस्तु जिआइ वायरको निर्यातमा भने शुन्य प्रतिशतको भन्सार लगाएको छ।  तर कच्चा पदार्थ जिआइ रडको निर्यातमा भने १५ प्रतिशत भन्सार लगाएको छ। मेक इन भारतको नाराले किल इन नेपाल भएको उद्योग मन्त्रालयमा गुनासो गर्न पुगेका एक उद्योगीले बताए। 

त्यस्तै नेपालले पनि भन्सार र अन्तःशुल्क बढाउदा जिआइ वायर उत्पादन गर्नेहरु मर्कामा परेका हुन्। नेपालमा जिआइ वायर उत्पादन गर्ने कम्पनी हुलास वायर हो। सो कम्पनी राज्यलक्ष्मीकी छोरी युक्ति गोल्छाले हेरिरहेकी छिन्। हुलास वायरले गत वर्ष १८ हजार क्वीन्टलसम्म निर्यात गरेको थियो। तर भारतले भन्सार दर बढाएपछि उनको निर्यात घटेर ६०० टनमा आएको छ। 

सरकारले यसरी भन्सार र अन्तःशुल्क बढाउँदा नेपालका वायर कम्पनीहरुको लागत बढ्छ। जसले गर्दा भारतबाट आउने फिनिसिङ उत्पादन ‘जिआइ वायर’को तुलनामा नेपालको हुलास वायर महँगो पर्ने भएकोले कम्पनी नै टाट पल्टन सक्ने उद्योगीहरुको भनाइ छ। 

Shivam cement

भारतले एकातिर आफ्नो फिनिसिङ तार जिआइ वायरको निर्यातमा शून्य भन्सार लगायो भने जिआइ रडको निर्यातमा १५ प्रतिशत भन्सार लगायो जसले नेपालमा र मेटेरियल ल्याउँदा नै महँगो पर्ने भयो त्यसमाथि नेपालले पनि भन्सार र अन्तःशुल्क बढाएपछि झन् महँगो हुँदा बजारमा प्रतिष्पर्धा गर्न नसक्ने अवस्था पुग्ने उनीहरुको दावी छ  । 

‘उद्योगी व्यवसायीहरु जिआई रडको बारेमा गुनासो गर्न आउनु भएको छ। उहाँहरुको समस्या ‘जेन्युन’ लागेको छ। म भन्सार र अन्तःशुल्क घटाउनका लागि अर्थमन्त्री समक्ष आग्रह गर्दछु,’ उद्योगमन्त्री बडुले नेपाल समयसँग भने, ‘हामीले नेपाली उद्योग व्यवसायीहरुको पनि संरक्षण गर्नु जरुरी छ। अहिलेको सरकारको मुख्य लक्ष्य नै त्यही हो त्यसैले हामी वायर रडको बारेमा कुरा राख्छौं।’ त्यस्तै उनले भारत सरकारसँग कूटनीतिक तहबाट द्धिपक्षीय कुरा गरेर सहुलियत माग पनि गर्नुपर्ने जानकारी दिए । 


प्रकाशित: Jun 03, 2022| 11:52 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्