बिहीबार, असार ३२, २०८३

भरत शम्शेरप्रति शोक प्रस्ताव पारित गर्दै सदन स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-प्रतिनिधिसभाको आइतबार बैठकले नेपालको पहिलो संसद प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता भरत शम्शेर राणाको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ। सभामुख कृष्णबहादुर महराले नेपालको पहिलो संसदको प्रमुख प्रतिपक्षी दलका नेता राणाको निधनमा समवेदना प्रकट गर्दै शोक प्रस्ताव गरेका थिए।

२०१६ सालको प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल गोरखा परिषद्को संसदीय दलका नेता समेत रहेका राणा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत हुन्। २००८ सालमा खुकुरी दलको नेतृत्व गरेका राणाले नै तत्कालिन गृह मन्त्री बीपी कोइरालामाथि सांघातिक आक्रमण गराउन लगाएका थिए। 

२०१७ सालमा तत्कालिन राजा महेन्द्र शाहले संसद भंग गरेपछि नेपाली कांग्रेसमा निशर्त प्रवेश गरेका राणा बीपी कोइरालासँग निकट भएर शसस्त्र आन्दोलनको नेतृत्व समेत गरे। उनी बीपीसँगै भारतमा निर्वासनमा बसेका थिए। २०३७ सालमा राजकाज मुद्धा फिर्ता भएपछि नेपाल फर्किएका राणा कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईका विश्वास पात्र पनि थिए।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको मतभेद र सभापति भट्टराईसँगको असन्तुष्टीसँगै कांग्रेस केन्द्रीय सदस्यबाट राजिनामा दिएर भारतको कलकत्तामा बस्दै आएका राणाको सयौं रोपनी बबरमहलको जग्गा राज्यले जफत गरेको थियो। आफ्नो जग्गा फिर्ता गर्न उनले कोइराला नेतृत्वको सरकारसँग माग गरे पनि पुरा नभएपछि भारत गएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।