मंगलबार, फागुन १९, २०८२

यू-१९ महिला विश्वकप छनोटमा कतारविरुद्ध नेपालको सानदार जित

मलेसियामा आजबाट आईसीसी यू १९ महिला विश्वकपको छनोट खेल सुरु भएको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- मलेसियामा आजबाट आईसीसी यू १९ महिला विश्वकपको छनोट खेल सुरु भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पहिलो पटक आयोजना गरेको यू १९ को महिला विश्वकप छनोटका लागि एसियाली छनोट सुरु भएको हो।

नेपालले छनोटको पहिलो खेलमा कतारको यू १९ महिला टिमलाई ७९ रनले हराएको छ। विश्वकप छनोटमा गएको मे ३१ मा नेपालबाट बिदाइ भएको टिमको कप्तानी कृतिका मरासिनीले गरेकी छन्।

यसअघि पनि यू १९ को राष्ट्रिय टिममा समावेश भइसकेकी कृतिले नेपाली टिम विश्वकपका पुग्ने बताएकी छन्। नेपालले आज सम्पन्न खेलमा ७९ रनको सानदार जित निकालेको छ।

पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै तीन विकेट गुमाएर ११७ रन बनाएको थियो। जवाफमा कतार १५ ओभर चार बेल खेल्दै ३८ रन बनाएर अलआउट भयो। नेपाली टिमका मुख्य प्रशिक्षक रमेश रिजालले पनि नेपाल विश्वकपमा पुग्ने दाबी गरेका छन्। 

सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुने विश्वकपमा १६ टिमको सहभागिता रहनेछ भने कूल ४१ खेल हुनेछन्। यसअघि यो प्रतियोगिता सन् २०२१ मा आयोजना हुने तय थियो। तर कोभिड १९ को महामारीका कारण दुई वर्ष पछि धकेलिएको हो।

kumari

नेपालले जुन ४ मा यूएईसँग खेल्नेछ भने जुन ६ मा नेपाल भुटानको खेल रहेको छ। नेपालले चौथो खेल थाइल्यान्डसँग जुन ७ मा खेल्नेछ भने मलेसियासँग अन्तिम खेल जुन ९ मा खेल्ने तालिका रहेको छ। राउन्ड रोबिनबाट सबैभन्दा उत्कृष्ट एक टिम यो  छनोटबाट विश्वकपमा पुग्नेछ। 

प्रकाशित: Jun 03, 2022| 11:05 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।