शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेसन्स लिग : हारबाट जोगियो पोर्चुगल, हाल्यान्डको गोलमा नर्वेको जित

नेसन्स लिग : हारबाट जोगियो पोर्चुगल, हाल्यान्डको गोलमा नर्वेको जित

स्पेनको बेनिटो भिल्लामरिनमा सम्पन्न खेलको २५औं मिनेटमै अल्भेरो मोराटाले गोल गरेका थिए। यससँगै पोर्चुगल एक गोलले पछि थियो।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- युरोपको नेसन्स लिगअन्तर्गत बिहीबार राति पाँच खेल सम्पन्न भएका छन्। त्यसमध्येको पहिलो खेलमा स्पेनसँग पोर्चुगल मुस्किलले हारबाट जोगिएको छ।

National life

स्पेनको बेनिटो भिल्लामरिनमा सम्पन्न खेलको २५औं मिनेटमै अल्भेरो मोराटाले गोल गरेका थिए। यससँगै पोर्चुगल एक गोलले पछि थियो।

खेल अवधिभर ३९ प्रतिसत समय मात्र बल नियन्त्रणमा राख्न सकेको पोर्चुगलका लागि ८२औं मिनेटमा रिकार्डो होर्टाले गोल गरेका थिए। यससँगै पोर्चुगलले स्पेनसँग बराबरी गर्दै समुह बीमा १-१ अंक बाँडेका हुन्।

समूह बी कै अर्को खेलमा चेक गणतन्त्रले स्विट्जरल्यान्डलाई हराएको छ। इडेन एरिनामा सम्पन्न खेलमा चेक गणतन्त्रले स्विट्जरल्यान्डमाथि २-१ को जित निकालेको हो।

१-१ को बराबरी भएको अवस्थामा स्विट्जरल्यान्डका डिजिब्री सोले आत्मघाति गोल गरेपछि खेल चेक रिपब्लिको पक्षमा गएको हो। यससँगै चेक रिपब्लिक समूह बीको शीर्षस्थानमा छ भने स्विट्जरल्यान्ड पुछारमा छ।

Laxmi sunrise bank
kumari

यता, समूह चारको लिग बीअन्तर्गतको खेलमा नर्वेले सर्वियालाई १-० ले हराएको छ। इर्लिङ हाल्यान्डले खेलको २६औं मिनेटमा गोल गरेसँगै अग्रता बनाएर नर्वेले जित निकालेको हो।

सोहि समूहको अर्को खेलमा स्विडेनले स्लोवेनियाँलाई २-० गोलले हराएको छ। र, अहिले ३ अंककासाथ स्विडेन समूह ४ लिग बीको शीर्षस्थानमो छ भने नर्वे दोस्रो स्थानमा छ। नेसन्स लिगको अर्को खेलमा भने ग्रिसले दक्षिणी आयरल्यान्डविरुद्ध १-० को जित निकालेको छ।

प्रकाशित: Jun 03, 2022| 08:32 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।