बुधबार, वैशाख १६, २०८३

पहिलो अभ्यास खेलमा नेपालको हार

पेरिरी भू क्रिकेट मैदानमा बिहिबार राति सम्पन्न भएको खेलमा नेपालले अमेरिकामा रहेका पूर्व क्रिकेटरसँग हार बेहोरेको हो।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिकाको सिजन क्रिकेट क्लब अल स्टार्सस नेपालसँग चार विकेटले पराजित भएको छ। 

National life

पेरिरी भू क्रिकेट मैदानमा बिहिबार राति सम्पन्न भएको खेलमा नेपालले अमेरिकामा रहेका पूर्व क्रिकेटरसँग हार बेहोरेको हो।

सुरुआति ब्याटिङ गरेको नेपालले ४५ ओभर पाँच बलमा सम्पूर्ण विकेट गुमाएर १९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा ३३ ओभर पाँच बलमै छ विकेट गुमाएर अल स्टार्सले १९२ रनको लक्ष्य पुरा गरेको हो।

अल स्टार्सका लागि विकपुल शर्माले सर्वाधिक ५० रन बनाए भने इन्ड्रिज गौसले ४५ रन बनाउँदा ४० रन बनाएर गौरव बजाजएर अविजित रहे।

नेपालका कप्तान सन्दिपले पाँच विकेट गिराए। त्यसअघि नेपालको ब्याटिङमा आरिफ शेखले अर्धसतकिय पारी खेले। उनले ७४ बलमा ६४ रनको योगदान दिए। खेलमा विनोद भण्डारीले २६ रन बनाउँदा करण केसीले २१ रन बनाए।  त्यस्तै, अल स्टार्सका मार्टिन कैनले ३ र मोहम्मद इलायसका साथै आदिल भाटीले समान २,२ विकेट लिए। नेपालले अब शनबिार दोस्रो अभ्यास खेलमा ह्युस्टन हुरिकेन्सको सामना गर्नेछ।

kumari

प्रकाशित: Jun 03, 2022| 08:10 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।