बुधबार, साउन २७, २०८३

आज अर्थमन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ। 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो। उक्त छलफलमा सांसदहरूले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए। 

यसैबीच, आज एमाले सांसद तथा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धिलगायत जुरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। 

यसैबीच, राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रकाशित: Jun 03, 2022| 06:39 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...