सोमबार, वैशाख २४, २०८१

डेब्युमै उपाधि जितेर कीर्तिमान बनाएको गुजरात

गुजरातले आधा प्रतियोगिता त खेलाडीको लिलामीमै जितिसकेको थियो। अब पालो प्रतियोगिताको थियो। घरेलु समर्थकहरुमाझ पहिलो सहभागितामै उपाधि जित्ने लक्ष्यका साथ गुजरात पिचमा आयो।
 |  शुक्रबार, जेठ २०, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट क्षेत्रमा विश्वकै महँगो र चर्चित क्रिकेट प्रतियोगिता हो। यो प्रतियोगिता भारतमा प्रत्येक वर्ष सञ्चालन हुने गर्छ। १५औ संस्करणको आईपीएल भर्खरै समाप्त भएको छ। सदाभन्दा यो वर्षको प्रतियोगिता केहि विशेष रह्यो। कारण आईपीएलले नयाँ विजेता पायो।

triton college

सन् २०२२ सुरु हुँदै गर्दा आईपीएलको नयाँ क्लबबारे धेरैलाई थाहा थिएन। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले नाम त सार्वजनिक गरेको थियो तर टिम बनेको थिएन। त्यसो त अरु टिमका पनि थिएनन्। तर, कतिपयले पुरानै खेलाडी अक्सनबाट लिने भन्ने समाचारहरू आइरहेका थिए। यस्तोमा गुजरात र लखनउले कस्तो टिम बनाउला धेरैको चासो हुने नै भयो। उनीहरूको त नयाँ टिम थियो। बाँकी क्लबहरूको चाहिँ परिवर्तित टिम बन्दै थियो।

तर, गुजरातले अक्सनमा लोभ गरेन। खुलेर खर्च गर्‍यो। हार्दिक पाण्ड्यालाई त उसले टिममा राखिसकेको थियो। पछि उसले डेविड मिल्नर, रहमानुल्लाह गुरबाज, सुभमन गिल, माथ्थिउ वाडे, रिद्धिमान साह, राहुल तेवतिया, लकी फर्गुसन र राशिद खानजस्ता प्रसिद्ध खेलाडीलाई टिममा अनुबन्ध गर्‍यो।


गुजरातले आधा प्रतियोगिता त खेलाडीको लिलामीमै जितिसकेको थियो। अब पालो प्रतियोगिताको थियो। घरेलु समर्थकहरूमाझ पहिलो सहभागितामै उपाधि जित्ने लक्ष्यका साथ गुजरात पिचमा आयो।

corrent noodles
Metro Mart

फाइनलमा प्रतिद्वन्द्वीका रूपमा राजस्थान रोयल्स थियो। जसले यसअघि नै एक पटक आईपीएल जितिसकेको छ। हार्दिक पान्ड्याले फाइनलमा सानदार पारी खेलेपछि गुजरातले डेब्यु वर्षमै उपाधि जितेर कीर्तिमान बनायो। अघिल्लो हप्ताको आइतबार राति सम्पन्न फाइनलमा प्रतिस्पर्धी राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्‍यो। राजस्थानविरुद्ध फाइनल खेल्दा गुजरातलाई इतिहास रच्दै प्रतिष्ठित उपाधि पनि जित्नु थियो। त्यसपछि पहिलो सिजनमै आफ्नो सपनालाई साकार पार्न सफल भयो गुजरात।

नयाँ क्लबको जोश कस्तो हुन्छ त्यो गुजरातबाट सिके हुन्छ। सुरुवाती तीन खेलमा लगातार जित निकालेको गुजरातले प्रतियोगितामा सानदार सुरुआत गर्‍यो।

त्यसै क्रममा समूह चरणमा शीर्ष स्थानमा रहनु, क्वालिफायरमा टिम राजस्थानलाई हराउनु जस्ता उपलब्धि पनि समावेश छ। दश टोली समावेश प्रतियोगितामा यसपटकको आईपीएल गुजरातका लागि धेरै विशेष रह्यो। हार्दिक पान्ड्याको कप्तानी भूमिका तथा अन्य खेलाडीको प्रदर्शन पनि प्रशंसनीय रह्यो। कप्तानको जिम्मेवारी सम्हालेका हार्दिकले १४ इनिङ्समा ४४.२७ को औसतमा ४८७ रन बनाए। बलिङमा पनि बलियो देखिएको गुजरातका लागि स्पिनर रशिद खान तथा मोहमद शामी जस्ता महत्तवपूर्ण खेलाडी थिए।

समूह चरणमै सर्वोत्कृष्ट

नयाँ क्लबको जोश कस्तो हुन्छ त्यो गुजरातबाट सिके हुन्छ। सुरुवाती तीन खेलमा लगातार जित निकालेको गुजरातले प्रतियोगितामा सानदार सुरुआत गर्‍यो। डेब्यु खेलमा अर्को नयाँ टिम लखनउ सुपर जायन्ट्सविरुद्ध पाँच विकेटको जित निकाल्यो। लिगमा दश खेल खेल्दा दुई खेलमा मात्र पराजित भएको गुजरातले लिगका सबै खेल सकिँदा चार खेल हार्‍यो।

जहाँ नौ खेलको जितले नै गुजरात प्लेअफमा पुग्ने निश्चित थियो। गुजरात लगातार तीन जितपछि चौथो खेलमा सनराइजर्स हैदरावादसँग आठ विकेटको पराजित भएको हो। त्यो नै प्रतियोगितामा पहिलो पराजय हो। १४ खेलबाट २० अंक बटुलेको गुजरातले लिगको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनायो।


सुरुवाती सात खेलसम्म एक खेलमात्रै हारेको गुजरातले बाँकी सात खेलमा तीन खेलेर ६ अंक गुमायो। तर, तेस्रो स्थानको लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै प्ले अफमा पुग्ने पहिलो टिम बन्यो गुजरात। उसले डेब्यु वर्षमै प्लेअफको सफलता हात पार्‍यो।

पहिलो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्ससँग खेल्ने निश्चित थियो। गुजरातले टस जितेर पहिले बलिङ गर्‍यो। राजस्थानले पूरै ओभर खेल्दै छ विकेट गुमाएर १८८ रनको लक्ष्य दियो। लक्ष्य पछ्याउने क्रममा डेविड मिल्नर नायक बने। ३८ बल खेलेका मिल्नरले विस्फोटक व्याटिङ गर्दै अविजित ६८ रन बनाए। यो उनको आईपीएलमा १२ औं अर्धसतक हो।

अन्तिम ओभरमा १६ रन आवश्यक परेको गुजरातका लागि बायाँ हाते मिल्नरले लगातार तीन छक्का प्रहार गर्दै टिमलाई डेब्यु सिजनमै फाइनल पुर्‍याए। कप्तान हार्दिक पान्ड्यासँग शतकीय साझेदारी गरेका मिल्नरले खेलको म्यान अफ द म्याच जिते। सुरुवाती दुई विकेट सस्तैमा गुमाएको गुजरातका लागि पान्ड्या र मिलरले उत्कृष्ट साझेदारी गर्दै टिमलाई जित दिलाए।

गुजरात फाइनल पुग्यो। फाइनलमा फेरि राजस्थान रोयल्ससँगै भिड्नुपर्ने भयो। जसलाई गुजरातले पहिलो क्वालिफायरमा पराजित गरेर फाइनल पुगेको थियो। पहिलो क्वालिफायरमा पराजित भए पनि राजस्थानले दोस्रो क्वालिफायरमा वेंग्लोरलाई पराजित गर्दै फाइनलमा आएको हो। खेल नरेन्द्र मोदी रंगशाला अहमदावादमा भएको थियो। यो रंगशाला अहिले भएकामध्ये विश्वकै सबैभन्दा ठूलो पनि हो। जहाँ एक लाख १० हजार मानिस अटाउँछन्।

आत्मविश्वासले भरिपूर्ण क्रिकेटर पाण्ड्या अन्य क्रिकेटरभन्दा फरक छन्। दबाबपूर्ण खेलमा कहिल्यै नआतित्ने बरु खेलको मजा लिएर खेल्ने गर्छन्। 

त्यो दिन एक लाख पाँच हजार मानिस फाइनल खेल हेर्नका लागि उपस्थित थिए। टी-२० क्रिकेटमा त्यो अहिलेसम्मकै सबैभन्दा ठूलो उपस्थिति हो। ठूलो संख्यामा घरेलु दर्शक पाएको गुजरातले टस हारेर बलिङ गरेको थियो। राजस्थानलाई उसले सस्तैमा समेट्यो। हार्दिक पान्ड्याले राजस्थानका जोस बट्लरलाई ३९ रनमा आउट गराएपछि गुजरातलाई सहज लक्ष्य प्राप्त भएको थियो। प्रतियोगितामा चार शतकसहित सबैभन्दा धेरै रन बनाएका बट्लरको विकेट नै राजस्थानका लागि विशाल क्षति भयो। बटलर आउट भएपछि अन्य खेलाडीले धेरै रन बनाउन सकेनन्। पछि राजस्थान १३० रनमा समेटियो। हार्दिक पान्ड्याले तीन विकेट लिए।

१३१ रनको मध्यम विजयी लक्ष्य पाएको गुजरातले शुभमन गीलको ४५, डेभिड मिलरको अभिजित ३२ रन र हार्दिक पान्ड्याको ३४ को मद्दतमा १८.१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। र, फाइनल खेल जित्यो सात विकेटले। पहिलो पटकको सहभागितामा नै उपाधि जितेपछि कप्तान हार्दिक पान्ड्याले पोष्ट म्याचमा कुरा गर्दै भने, 'अब आउने पुस्ताले गुजरातको बारेमा कुरा गर्छन्। यो उपाधि धेरै विशेष छ किनकी हामीले विरासत बनाएका छौ। सबैले सम्झिने छन् हामीले पहिलो वर्ष नै उपाधि जित्दाको यात्राहरु जुन धेरै नै विशेष छ।'

आत्मविश्वासले भरिपूर्ण क्रिकेटर पाण्ड्या अन्य क्रिकेटरभन्दा फरक छन्। दबाबपूर्ण खेलमा कहिल्यै नआतित्ने बरु खेलको मजा लिएर खेल्ने गर्छन्। विस्फोटक हिटर र एक फास्ट बलिङ अलराउन्डरका रुपमा चिनिएका उनी अलराउन्डरमा हुनुपर्ने सबै कुराले भरिपूर्ण खेलाडी हुन्। गुजरातका कप्तान पान्ड्या यसपटकको आईपीएलमा नायक बने।

अलराउन्डरमा उनले बनाएको रणनीति तथा बलिङमा दिएको योगदानबाट राम्रो प्रशंसा कमाए। फाइनलमा म्यान अफ द म्याच अवार्ड जितेका उनले यो सिजन कमाल नै गरे। यसपटकको आईपीएलले हार्दिकलाई चाहिएका सबै कुराहरू दियो। उनी आईपीएलको डेब्यू सिजनमै उपाधि जित्ने तेस्रो खेलाडी बने।

यसअघि सन वार्न र रोहित शर्माले यस्तो सफलताको स्वाद लिइसकेका छन्। गुजरातबाट आईपीएलको उपाधि जितेसँगै  उनले पाँचपटक आईपीएल जित्ने पोलार्ड र राइडुसँगै आफ्नो नाम पनि लेखाएका छन्। उनले यो सिजन आईपीएलमा ४८७ रन बनाउनुका साथै आठ विकेट पनि लिए।

पान्ड्याको प्रदर्शन तथा टिमसँगको सहकार्यलाई लिएर गुजरातका प्रशिक्षक ग्यारी क्रिस्टेनले स्काई स्पोर्टससँग कुरा गर्दै भने, 'पान्ड्या उत्कृष्ट हुन्, मैले उनीसFग काम गरेको छु। उनी भारतीय टिमका हाइ प्रोफाइल खेलाडी हुन्। त्यसका साथै उनी धेरै नम्र र लिडरहरुबाट धेरै कुरा सिक्ने स्वभावका छन्। यो एक खेलाडीका लागि धेरै महत्तवपूर्ण कुरा हो। त्यस्तै उनी नयाँ पुस्ताका खेलाडीलाई पनि धेरै सहयोग तथा नेतृत्व गर्ने गर्छन्।'

आईपीएल सन् २०१५ मा गरेको प्रदर्शनपछि उनी भारतीय राष्ट्रिय टिमको टि-ट्वान्टी र एकदिवसीय टिममा परेका थिए। गुजरात टिमको कप्तानी सम्हालेका उनको यो पहिलो कप्तानी हो।

प्रकाशित: Jun 03, 2022| 10:51 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।